मुख्य समाचार
अमेरिकाका तीन सय नेपालीले एकै ठाउँमा लगाए टीका
अमेरिकाका तीन सय नेपालीले एकै ठाउँमा लगाए टीका

: प्रवासमा रहे पनि यहाँका नेपालीले मौलिकताको पर्व दसैं हर्षोल्लासपूर्ण ढंगले मनाएका छन्। अमेरिकाको विस्कान्सनमा सयौंको सख्यामा नेपाली भेला भएर टीकाजमरा लगाएका हुन्।



विस्कान्सनमा तीन सय नेपाली एकैठाउँ भेला भएर टीका ग्रहण गरेका छन्। एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीसँग टीका लगाउन अमेरिकाको विभिन्न राज्यबाट नेपालीहरू विस्कान्सन पुगेका हुन्। सुवेदी निवासमा भेला भएका नेपालीहरूले दशैंको माहोलमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गरे।

'परदेशमा दशैंको माहोलले सबैलाई एकैथलो बनाएको छ। एकैछिन भए पनि फुर्सद निकालेर आफ्नो धर्म संस्कृति र परम्पराको महत्त्वले एकत्रित गरेको हो,' सुवेदीले भने, 'सबैलाई शुभकामना आशीर्वाद दिएर दशैं मनाएका हौं। प्रवासमा सबैले टीका लगाए पनि यति संख्यामा भेला भएर टीका ग्रहण गरेको यो ठूलो संख्या हो।'




सुवेदीलाई अभिभावक मानेर प्रवासी नेपालीहरूले टीका र आशीर्वाद ग्रहण गरेका हुन्। सुवेदीले अमेरिकामा रहँदा व्यवसायमा प्रेरित गर्दै सहयोग गरेपछि धेरै नेपाली व्यवसायी भएका छन्। टीका लगाउन भेला भएका नेपालीलाई प्रवासमा फुर्सद निकालेर परम्परा र धर्म संस्कृतिप्रतिको मोह हुनु राम्रो पक्ष रहेको जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए। 'विदेशका नेपालीबीच सद्भाव बढेको छ,' काफ्लेले भने, 'घरपरिवार छोडेर परदेशीएका सबै एकैठाउँ भेट हुँदा घरै मनाएको जस्तो भएको छ।'

यसरी प्रवासमा रहेका नेपाली युवा पुस्ता र बालबालिकाहरूले पनि दशैको महत्त्व र परम्पराका बारेमा थाहा पाउने मौका पाएका छन्। प्रवासमा नयाँ पुस्तामा पर्व हराउँदै गयो भन्ने चिन्ता भएको बेला पर्वबारे नयाँ पुस्ताले सिकेको एनआरएनए अमेरिका क्षेत्रको युवा सहसंयोजक विशाल रानामगरले बताए। 'हामी बाध्यताले परदेशिएका हौं। हामीलाई पर्वको माया लाग्छ। टीका लगायौं। त्योभन्दा बढी आशीर्वाद अनि आत्मीयता पायौं,' उनले भने, 'दशैंमा देश गाउँघरको खुब याद आउँछ। दशैंले विदेशमा हामी नेपालीलाई एउटै परिवार बनाएको छ।' हामीले हाम्रो अभिभावकसँग टीका लगायौं एनआरएनए विस्कान्सन च्याप्टर संयोजक राजकुमार हमालले विदेशमा सबै नेपालीहरूलाई परिवार बनाएर टीका लगाउँदा रमाइलो अनुभूति भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत ४ नेपालीलाई स्वदेश फर्काइएको छ । ४ चार जना नेपालीलाई थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी आज शुक्रबार नेपाल फर्काइएको हो । नेपाल फर्काइएका चार जनामध्ये एक जना महोत्तरीका, एक जना नुवाकोटका र दुई जना दाङका हुन् । चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । तीमध्ये ...
। युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई प्रहरी रिपोर्ट (पुलिस क्लियरेन्स सर्टिफिकेट/पीसीसी) अनिवार्य गरेको छ । २३ र २४ भदौको जेनजी आन्दोलनपछि यूएईले प्रहरी रिपोर्टमा समेत कडाइ गरेको थियो । नेपाल प्रहरीले दिएको पीसीसीलाई परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्ने हुन्छ । प्रहरीले नि:शुल्क उपलब्ध गराउने उक्त रिपोर्ट विभागले भने छाप लगाएर प्रमाणीकरण गरिदिए बापत ...
— नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येको एक कतारमा वैध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउनेहरूलाई कैद सजाय र अत्यधिक जरिवाना हुन सक्ने चेतावनी त्यहाँको गृह मन्त्रालयले दिएको छ। मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश जारी गर्दै लाइसेन्स बिना सवारी चलाउनु गम्भीर ट्राफिक अपराध भएको उल्लेख गरेको छ र यसले सडक सुरक्षामा प्रत्यक्ष जोखिम सिर्जना गर्ने ...
— विभिन्न कामका लागि अमेरिका पुग्ने नेपालीले अब त्यहाँका नागरिकले पाउने सहुलियत उपभोग गर्न नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पछिल्लो समय आप्रवासीहरूलाई लक्षित गर्दै अनुदार नीति अख्तियार गरेपछि नयाँ नियम लागू भएको हो। हाललाई आप्रवासी भिसा समेत बन्द गरेको अमेरिकाले स्वास्थ्य उपचार, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता सेवामा पाउने गरेको ...
। बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ मा नयाँ नेतृत्व चयन भएको छ । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । भट्ट यसअघि संस्थाको उपाध्यक्ष थिए । साधारणसभाले उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम