मुख्य समाचार
अमेरिकाका तीन सय नेपालीले एकै ठाउँमा लगाए टीका
अमेरिकाका तीन सय नेपालीले एकै ठाउँमा लगाए टीका

: प्रवासमा रहे पनि यहाँका नेपालीले मौलिकताको पर्व दसैं हर्षोल्लासपूर्ण ढंगले मनाएका छन्। अमेरिकाको विस्कान्सनमा सयौंको सख्यामा नेपाली भेला भएर टीकाजमरा लगाएका हुन्।



विस्कान्सनमा तीन सय नेपाली एकैठाउँ भेला भएर टीका ग्रहण गरेका छन्। एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीसँग टीका लगाउन अमेरिकाको विभिन्न राज्यबाट नेपालीहरू विस्कान्सन पुगेका हुन्। सुवेदी निवासमा भेला भएका नेपालीहरूले दशैंको माहोलमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गरे।

'परदेशमा दशैंको माहोलले सबैलाई एकैथलो बनाएको छ। एकैछिन भए पनि फुर्सद निकालेर आफ्नो धर्म संस्कृति र परम्पराको महत्त्वले एकत्रित गरेको हो,' सुवेदीले भने, 'सबैलाई शुभकामना आशीर्वाद दिएर दशैं मनाएका हौं। प्रवासमा सबैले टीका लगाए पनि यति संख्यामा भेला भएर टीका ग्रहण गरेको यो ठूलो संख्या हो।'




सुवेदीलाई अभिभावक मानेर प्रवासी नेपालीहरूले टीका र आशीर्वाद ग्रहण गरेका हुन्। सुवेदीले अमेरिकामा रहँदा व्यवसायमा प्रेरित गर्दै सहयोग गरेपछि धेरै नेपाली व्यवसायी भएका छन्। टीका लगाउन भेला भएका नेपालीलाई प्रवासमा फुर्सद निकालेर परम्परा र धर्म संस्कृतिप्रतिको मोह हुनु राम्रो पक्ष रहेको जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए। 'विदेशका नेपालीबीच सद्भाव बढेको छ,' काफ्लेले भने, 'घरपरिवार छोडेर परदेशीएका सबै एकैठाउँ भेट हुँदा घरै मनाएको जस्तो भएको छ।'

यसरी प्रवासमा रहेका नेपाली युवा पुस्ता र बालबालिकाहरूले पनि दशैको महत्त्व र परम्पराका बारेमा थाहा पाउने मौका पाएका छन्। प्रवासमा नयाँ पुस्तामा पर्व हराउँदै गयो भन्ने चिन्ता भएको बेला पर्वबारे नयाँ पुस्ताले सिकेको एनआरएनए अमेरिका क्षेत्रको युवा सहसंयोजक विशाल रानामगरले बताए। 'हामी बाध्यताले परदेशिएका हौं। हामीलाई पर्वको माया लाग्छ। टीका लगायौं। त्योभन्दा बढी आशीर्वाद अनि आत्मीयता पायौं,' उनले भने, 'दशैंमा देश गाउँघरको खुब याद आउँछ। दशैंले विदेशमा हामी नेपालीलाई एउटै परिवार बनाएको छ।' हामीले हाम्रो अभिभावकसँग टीका लगायौं एनआरएनए विस्कान्सन च्याप्टर संयोजक राजकुमार हमालले विदेशमा सबै नेपालीहरूलाई परिवार बनाएर टीका लगाउँदा रमाइलो अनुभूति भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...
। कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो । उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ । दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना ...
: मध्यपूर्व क्षेत्रमा पछिल्लो समय देखिएको इरान–अमेरिका तनावका कारण केही समय प्रभावित बनेको हवाई आवागमन पुनः नियमित बन्दै जाँदा साउदी अरेबियाबाट २५६ जना नेपाली श्रमिकहरू नेपाल एयरलाइन्को RA २४२ उडानमार्फत स्वदेश फर्किएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार उक्त उडान नियमित तालिकाअनुसार सञ्चालन गरिएको र क्षेत्रीय सुरक्षा परिस्थितिका कारण केही समय उडान व्यवस्थापनमा सावधानी ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ । दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन । उनले ...