मुख्य समाचार
क्यानडामा विदेशीलाई स्थायी बसोवासका लागि एक्सप्रेस इन्ट्री खुला
क्यानडामा विदेशीलाई स्थायी बसोवासका लागि एक्सप्रेस इन्ट्री खुला

। क्यानडामा बसोवास गर्न चाहने विदेशीहरूका त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारले स्थायी बसोवासका लागि आवेदन आह्वान गरेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो ।

अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन दिन सकिनेछ। फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, यस पटक १००० जना यो अवसरबाट लाभान्वित हुन सक्नेछन् ।




रिपोर्टमा उल्लेख गरिएअनुसार, सबैभन्दा कम अंक पाउने आवेदकको सीआरएस (कम्प्रिहेन्सिभ र्‍याङ्किङ सिस्टम) स्कोर ४४४ थियो। क्यानडामा बस्न चाहनेहरूले दिनुपर्ने एक किसिमको भाषा परीक्षालाई सीआरएस भनिन्छ। यसपटक फ्रान्सेली भाषा जान्नेहरूलाई बढी प्राथमिकता दिइएको छ।

एक्सप्रेस इन्ट्रीका लागि योग्य हुन आवेदकले स्वीकृत भाषा परीक्षा उत्तीर्ण गरी आफ्नो कार्यक्रमका लागि आवश्यक न्यूनतम अंक प्राप्त गर्नुपर्छ। साथै, आवेदन फारम भर्दा अंग्रेजी वा फ्रान्सेली भाषाको ज्ञान भएको प्रमाणित गर्नुपर्छ।




आवेदकहरूको अंग्रेजी वा फ्रान्सेली भाषाको स्तर मापन गर्न आईएलसीबी र एनसीएलसी बेञ्चमार्क प्रयोग गरिन्छ। क्यानडा जान चाहनेहरूको अंग्रेजी वा फ्रान्सेली भाषा कति राम्रो छ भनेर जाँच गर्ने विधिलाई आईएलसीबी र एनसीएलसी बेञ्चमार्क भनिन्छ।

क्यानेडियन सरकारले एक्सप्रेस इन्ट्री प्रणालीमार्फत हरेक दुई हप्तामा आवेदकहरू छनोट गर्दछ। प्रान्तीय नामांकन कार्यक्रम (पीएनपी) अन्तर्गत पछिल्लो चयन प्रक्रिया अक्टोबर ७, २०२४ मा भएको थियो। क्यानडाका विभिन्न प्रान्तहरूले आफ्नै आवश्यकताअनुसार मानिसहरूलाई छनोट गर्नेगर्दछ जसलाई त्यसबेला १६१३ जनालाई आवेदन दिन निमन्त्रणा गरिएको थियो।

के हो पीएनपी कार्यक्रम ?

क्यानडामा बस्न चाहनेका लागि प्रान्तीय नामांकन कार्यक्रम (पीएनपी) एउटा राम्रो विकल्प हो। यस कार्यक्रममार्फत अन्य देशका नागरिकहरूले क्यानडाको कुनै निश्चित प्रान्तमा गएर स्थायी रूपमा बस्न सक्छन्। उनीहरूले त्यहाँ काम गर्न सक्छन्, पढ्न सक्छन् र आफ्नो परिवारसँग बस्न सक्छन्।

क्यानडाका हरेक प्रान्तमा विभिन्न प्रकारका दक्ष कामदारको आवश्यकता पर्छ। जस्तै, कुनै प्रान्तमा इन्जिनियरको आवश्यकता छ भने अर्को प्रान्तमा नर्सको आवश्यकता पर्न सक्छ।

प्रत्येक प्रान्तले आफ्नो आवश्यकताअनुसार विदेशी कामदारहरूलाई छनोट गर्छ। यसका लागि उनीहरूले शिक्षा, कार्य अनुभव, भाषाको ज्ञान जस्ता कुराहरू हेर्छन्।

पीएनपी मार्फत क्यानडा आउने व्यक्तिहरूले स्थायी बसोबासको सुविधा पाउँछन्। यसको अर्थ, उनीहरूले क्यानडामा लामो समयसम्म बस्न सक्छन् र आफ्नो परिवारलाई पनि ल्याउन सक्छन्।

यसले क्यानडाको अर्थतन्त्रलाई बलियो बनाउन र विभिन्न क्षेत्रमा दक्ष कामदारको अभावलाई पूरा गर्न मद्दत गर्छ भने यसले विदेशी कामदारहरूलाई राम्रो जीवनयापन र उज्ज्वल भविष्यको अवसर प्रदान गर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताएका छन् । पीसीजीले एमरवी त्रिशा केस्र्टिन– ३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापु तर्फ जादै गर्दा डुबेको पुष्टि ...
मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा चार जना विद्यार्थीको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार विज्ञप्ति मार्फत जनाएको छ । विद्यार्थीहरूले आफ्नो कोठा तताउन परम्परागत स्टोभमा कोइला प्रयोग गरिरहेको अवस्थामा विषाक्त ग्यास कोठा भित्र जम्मा भएर उनीहरूको मृत्यु भएको विज्ञप्तिमा भनिएको छ । पीडितहरू राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि प्रान्तको ...
। शनिबार बिहान इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको पश्चिम बान्डुङ रिजेन्सीअन्तर्गत पर्ने सिसारुआ जिल्लामा एउटा ठूलो पहिरो गएको छ। बिहानैदेखि परेको अविरल र भीषण वर्षाका कारण माउन्ट बुराङराङको भिरालो जमिनबाट खसेको पहिरोले पासिरलाङ्गु र बावाकान सिबुदाह गाउँका कम्तीमा ३४ घर पुरेको हो। सोमबारसम्मको आधिकारिक तथ्याङ्क अनुसार, मृत्यु हुनेको संख्या कम्तीमा २५ पुगेको छ भने करिब ७२ जना ...
। अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी) ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् । नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब ...
। बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द नगरिए फेब्रुअरी १ देखि देशभरका मिलहरू बन्द गर्ने घोषणा गरेका छन्। सञ्चारमाध्यमहरूका अनुसार, बङ्गलादेशको वाणिज्य मन्त्रालयले राष्ट्रिय राजस्व बोर्डलाई आयातित धागोमा दिइँदै आएको भन्सार छुट सुविधा खारेज गर्न सिफारिस गरेको छ। मिल मालिकहरूले भारतबाट आउने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम