मुख्य समाचार
क्यानडामा विदेशीलाई स्थायी बसोवासका लागि एक्सप्रेस इन्ट्री खुला
क्यानडामा विदेशीलाई स्थायी बसोवासका लागि एक्सप्रेस इन्ट्री खुला

। क्यानडामा बसोवास गर्न चाहने विदेशीहरूका त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारले स्थायी बसोवासका लागि आवेदन आह्वान गरेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो ।

अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ट्रेड्स प्रोग्राममा आवेदन दिन सकिनेछ। फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार, यस पटक १००० जना यो अवसरबाट लाभान्वित हुन सक्नेछन् ।




रिपोर्टमा उल्लेख गरिएअनुसार, सबैभन्दा कम अंक पाउने आवेदकको सीआरएस (कम्प्रिहेन्सिभ र्‍याङ्किङ सिस्टम) स्कोर ४४४ थियो। क्यानडामा बस्न चाहनेहरूले दिनुपर्ने एक किसिमको भाषा परीक्षालाई सीआरएस भनिन्छ। यसपटक फ्रान्सेली भाषा जान्नेहरूलाई बढी प्राथमिकता दिइएको छ।

एक्सप्रेस इन्ट्रीका लागि योग्य हुन आवेदकले स्वीकृत भाषा परीक्षा उत्तीर्ण गरी आफ्नो कार्यक्रमका लागि आवश्यक न्यूनतम अंक प्राप्त गर्नुपर्छ। साथै, आवेदन फारम भर्दा अंग्रेजी वा फ्रान्सेली भाषाको ज्ञान भएको प्रमाणित गर्नुपर्छ।




आवेदकहरूको अंग्रेजी वा फ्रान्सेली भाषाको स्तर मापन गर्न आईएलसीबी र एनसीएलसी बेञ्चमार्क प्रयोग गरिन्छ। क्यानडा जान चाहनेहरूको अंग्रेजी वा फ्रान्सेली भाषा कति राम्रो छ भनेर जाँच गर्ने विधिलाई आईएलसीबी र एनसीएलसी बेञ्चमार्क भनिन्छ।

क्यानेडियन सरकारले एक्सप्रेस इन्ट्री प्रणालीमार्फत हरेक दुई हप्तामा आवेदकहरू छनोट गर्दछ। प्रान्तीय नामांकन कार्यक्रम (पीएनपी) अन्तर्गत पछिल्लो चयन प्रक्रिया अक्टोबर ७, २०२४ मा भएको थियो। क्यानडाका विभिन्न प्रान्तहरूले आफ्नै आवश्यकताअनुसार मानिसहरूलाई छनोट गर्नेगर्दछ जसलाई त्यसबेला १६१३ जनालाई आवेदन दिन निमन्त्रणा गरिएको थियो।

के हो पीएनपी कार्यक्रम ?

क्यानडामा बस्न चाहनेका लागि प्रान्तीय नामांकन कार्यक्रम (पीएनपी) एउटा राम्रो विकल्प हो। यस कार्यक्रममार्फत अन्य देशका नागरिकहरूले क्यानडाको कुनै निश्चित प्रान्तमा गएर स्थायी रूपमा बस्न सक्छन्। उनीहरूले त्यहाँ काम गर्न सक्छन्, पढ्न सक्छन् र आफ्नो परिवारसँग बस्न सक्छन्।

क्यानडाका हरेक प्रान्तमा विभिन्न प्रकारका दक्ष कामदारको आवश्यकता पर्छ। जस्तै, कुनै प्रान्तमा इन्जिनियरको आवश्यकता छ भने अर्को प्रान्तमा नर्सको आवश्यकता पर्न सक्छ।

प्रत्येक प्रान्तले आफ्नो आवश्यकताअनुसार विदेशी कामदारहरूलाई छनोट गर्छ। यसका लागि उनीहरूले शिक्षा, कार्य अनुभव, भाषाको ज्ञान जस्ता कुराहरू हेर्छन्।

पीएनपी मार्फत क्यानडा आउने व्यक्तिहरूले स्थायी बसोबासको सुविधा पाउँछन्। यसको अर्थ, उनीहरूले क्यानडामा लामो समयसम्म बस्न सक्छन् र आफ्नो परिवारलाई पनि ल्याउन सक्छन्।

यसले क्यानडाको अर्थतन्त्रलाई बलियो बनाउन र विभिन्न क्षेत्रमा दक्ष कामदारको अभावलाई पूरा गर्न मद्दत गर्छ भने यसले विदेशी कामदारहरूलाई राम्रो जीवनयापन र उज्ज्वल भविष्यको अवसर प्रदान गर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुससँगको जारी युद्ध र प्राकृतिक प्रकोपका कारण क्षतविक्षत भएको युक्रेनको ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि क्यानडाले २० मिलियन क्यानेडियन डलर (करिब १४.४ मिलियन अमेरिकी डलर) आर्थिक सहायता उपलब्ध गराउने भएको छ। युक्रेनी उप-प्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्भिरिडेन्कोले आफ्नो टेलिग्राम च्यानलमार्फत क्यानडाको निरन्तर सहयोगप्रति आभार प्रकट गर्दै उक्त रकम ‘युक्रेन इनर्जी सपोर्ट फन्ड’ मा जम्मा गरिने जानकारी ...
। युरोपेली संघले सन् २०२६ को मार्च महिनामा तरल प्राकृतिक ग्यास (एलएनजी) आयातमा अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । ‘ग्यास इन्फ्रास्ट्रक्चर युरोप’ को तथ्याङ्कलाई उद्धृत गर्दै सार्वजनिक गरिएको रिपोर्ट अनुसार, मार्च महिनामा मात्रै १३.७ अर्ब क्युबिक मिटर एलएनजी युरोपेली टर्मिनलहरूबाट प्रणालीमा भित्रिएको छ । यो फेब्रुअरीको तुलनामा १५ प्रतिशत र सन् २०२५ को मार्चको तुलनामा ८ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको खुलासा गरेका छन् । बेलायती पत्रिका ‘द डेली टेलिग्राफ’लाई दिएको एक विशेष अन्तर्वार्तामा ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा नेटोका सहयोगी राष्ट्रले साथ नदिएपछि यस्तो कठोर कदम चाल्ने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले नेटोलाई ‘कागजी बाघ’ ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ राष्ट्रपतिले युद्धविरामको माग गरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै उनले यस्तो दाबी गरेका हुन्। ‘इरानका नयाँ राष्ट्रपति अघिल्लो राष्ट्रपतिभन्दा कम कट्टरपन्थी र बढी समझदार छन् । उनले भर्खरै अमेरिकालाई युद्ध अन्त्य गर्न आह्वान गरेका छन्,’ ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन् । उनले अगाडि लेखेका छन्, ‘हामी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबाट बाहिरिने घोषणा गरेसँगै विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि देखिएको छ । अमेरिकाले इरानसँग युद्ध थालेयता विश्वका ठूला बजार ओरालो लागेका थिए । अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स मंगलबार एकै दिन २.४९ प्रतिशत बढेको छ । समग्रमा यो सूचक विगत महिनामा ५.२४ प्रतिशत घटेको छ । ट्रम्पको युद्ध ...