मुख्य समाचार
कमला ह्यारिसले स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै भनिन् : अब पालो ट्रम्पको
कमला ह्यारिसले स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै भनिन् : अब पालो ट्रम्पको

। अमेरिकी राष्ट्रपति चुनावको २३ दिनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । मेडिकल रिपोर्टमा ह्यारिस पूर्ण रुपमा स्वस्थ घोषित भएकी छन् ।

ट्रम्पको टिमले मेडिकल रिपोर्ट सार्वजनिक नगरी एक विज्ञप्ति मार्फत् ट्रम्प एकदमै स्वस्थ रहेको जानकारी दिएको सन्दर्भमा प्रतिस्पर्धी ह्यारिसले यस्तो चुनौती दिएकी हुन् ।


आफ्नो फिट्नेस रेकर्ड सार्वजनिक गर्दै ह्यारिसले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग उनको स्वास्थ्य रेकर्ड सार्वजनिक गर्न पनि माग गरेकी छन् ।

उनले भनिन्, ‘डोनाल्ड ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति बन्नका लागि योग्य छन् कि छैनन् भन्ने थाहा नपाओस् भन्ने चाहन्छन् ।’




अमेरिकी राष्ट्रपति चुनावका सन्दर्भमा गरिएका धेरै सर्वेक्षणहरूले कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखाएको छ ।

ट्रम्प आफूलाई स्वस्थ रहेको सन्देश दिन बाइडेनलाई गल्फ खेल्न चुनौती दिइरहेका छन् ।

कमलाको परिवारमा कोलोन क्यान्सरको इतिहासलाई छाडेर ह्वाइट हाउसले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति बन्न योग्य घोषणा गरेको छ । उनको डाक्टर जोसुवा सिमोन्सले कमला ह्यारिसको परिवारमा कोलोन क्यान्सरको इतिहास रहेको बताएका छन् ।

उनलाई केही कुरामा एलर्जी पनि छ । जसका कारण उनी नियमित रूपमा कोलोनोस्कोपी गराइरहेकी छिन् र आफ्नो ख्याल राख्छिन् । कमलाको मेडिकल रेकर्ड सार्वजनिक हुनेबित्तिकै उनको टिमले सामाजिक सञ्जाल एक्समा लेखेको थियो– अब पालो तपाइको डोनाल्ड ट्रम्प ।

यसअघि कमलाले पनि एक र्‍यालीमा ट्रम्पको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाउँदै भनेकी थिइन्, ‘उनी कहिलेकाहीँ हराउँछन् ।’

यसअघि जो बाइडेन प्रतिस्पर्धामा रहँदा ट्रम्पले उमेर र फिट्नेसको मुद्दालाई सर्वाधिक उठाएका थिए । उनले बाइडेनलाई राष्ट्रपति पदका लागि अयोग्य घोषित गर्ने गरेका थिए । अब कमला ह्यारिस सोही रणनीति पछ्याउँदै ट्रम्पलाई स्वास्थ्यका दृष्टिकोणले पनि अयोग्य रहेको पुष्टि गर्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...