मुख्य समाचार
१० प्रतिशत कर्मचारी कटौती गर्ने बोइङको निर्णय, १७ हजारले जागिर गुमाउने
१० प्रतिशत कर्मचारी कटौती गर्ने बोइङको निर्णय, १७ हजारले जागिर गुमाउने

। विश्वकै प्रतिष्ठित हवाइजहाज निर्माता कम्पनी बोइङले आफ्ना १० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

बीबीसीका अनुसार कम्पनीको यो निर्णयबाट करिब १७ हजार कर्मचारीले जागिर गुमाउने छन् । बोइङको यो निर्णयले यसको उत्पादन क्षमता पनि प्रभावित हुनेछ ।


कम्पनीले पछिल्लो समय कर्मचारी हड्ताल र आफ्ना विमानहरूको गुणस्तरमा प्रश्न लगायत विभिन्न व्यवसायिक समस्या झेलिरहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी केली ओर्टबर्गले कर्मचारीहरूलाई पठाएको इमेलमा कार्यकारी, व्यवस्थापक र कर्मचारीको जागिर जोखिममा रहेको उल्लेख गरेका छन्।


बोइङले आफ्नो हतियार र सैन्य उपकरण निर्माण व्यवसायमा घाटा हुने चेतावनी पनि दिएको छ । साथै, कम्पनीले आफ्नो नयाँ प्लेन ७७७ एक्सको डेलिभरी मिति पनि थपेको छ ।

कम्पनीका प्रमुख कार्यकारी ओर्टबर्गले आफ्नो इमेलमा कम्पनीले आगामी महिनाहरूमा कर्मचारीहरूलाई हटाउने कार्य जारी राख्ने बताएका छन् ।

बोइङ विश्वको सबैभन्दा ठूला र प्रतिष्ठित विमान निर्माता कम्पनीमध्ये एक हो। यसले व्यावसायिक विमान, सैन्य विमान र अन्तरिक्ष यानहरू निर्माण गर्दछ। अमेरिकामा स्थापित यस कम्पनीले विश्वभरका धेरै एयरलाइन्सहरूलाई विमानहरू आपूर्ति गर्दै आएको छ।

कम्पनीले विमान निर्माणका साथै स्पेस एक्सप्लोरेसन र रक्षा प्रणालीहरूमा पनि काम गर्दछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम