मुख्य समाचार
फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने
फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

: फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले घोषणा गरेको छ। केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ।



केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले सम्बन्धित कानुनमा संशोधन गर्न बिहीबार संसदमा प्रस्ताव पेस गरेको छ।

सरकारका अनुसार केन्द्रले फिनल्याण्डको राष्ट्रिय सुरक्षामा, पूर्वाधारको सुरक्षा, आपूर्ति शृङ्खला सुरक्षा सुनिश्चित गर्न तथा साइबरसुरक्षामा महत्वपूर्ण योगदान दिनेछ। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ । भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो । साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने छ। ट्रम्पले सामाजिक सञ्जालमा यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क नलगाउने भनेका छन्। यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको ...
: भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन्। हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता रहेको जनाएका छन्। डीसी राणाले भने, 'हिमाचल प्रदेशमा जुन १९ मा ...
संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौता
: दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ। यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन्। बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्। अधिकारीहरूले कतैबाट कुनै क्षतिको समाचार नआएको र ...