मुख्य समाचार
अर्घाखाँचीबाट यो दसैंका लागि झण्डै डेढ करोडको खसीबोका बाहिरी जिल्ला निर्यात
अर्घाखाँचीबाट यो दसैंका लागि झण्डै डेढ करोडको खसीबोका बाहिरी जिल्ला निर्यात

: अर्घाखाँचीबाट यो दसैंका लागि झण्डै डेढ करोडको खसीबोका बाहिरी जिल्ला निर्यात भएको छ।



अर्घाखाँचीमा झण्डै ८ करोडको खसीबोका खपत भएको र यो दसैंमा मात्र डेढ करोड बढीको खसीबोका आसपासका जिल्लामा निर्यात भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद पौडेलले बताए।

अर्घाखाँचीमा कृषकहरू व्यावसायिक बाख्रापालनमा लागेका छन्। बाख्रापालनका लागि उचित वातावरण तथा पर्याप्त चरन र घाँसको व्यवस्था हुनुका साथै भनेको समयमा नगदै बिक्री हुने भएपछि कृषकहरू बाख्रापालनमा लागेका हुन्।



जिल्लाभर करिब ५५ हजार माउ बाख्रा रहेको केन्द्रका प्रमुख पौडेलको भनाइ छ। उक्त माउ बाख्राबाट उत्पादन भएका पाठापाठीहरू तथा मासुजन्य खसी बोकाहरू कपिलवस्तु, दाङ, रुपन्देही तथा काठमाडौं, पोखरा लगायतका स्थानमा मासुका लागि जाने गरेको छ।

पहिला पहिला बाहिर जिल्लाबाट खसीबोका आयात हुनेमा अहिले जिल्ला निर्यात गर्न सफल भएको छ। बाख्रापालनकाट कृषकहरू लाभान्वित भएका छन्।

जिल्लाबाट वार्षिक तीन सय मेट्रिकटन मासुजन्य बोका तथा बाख्राहरू जिल्ला बाहिर निर्यात हुने गरेको छ। जसलाई पैसोमा हिसाब गर्दा झण्डै १० करोडको खसीबोका, बाख्रा तथा मासुजन्य पदार्थ जिल्लाबाट बाहिर जाने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारण सभामा उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनै पनि नीति निर्माणमा सहभागी नगराउने प्रचलन अन्त्य गर्नुपर्ने बताए। उनले कुनै पनि परिवर्तनपछि आर्थिक ...
। गत असोज र कात्तिकमा आएको बेमौसमी झरी र बाढीले कृषि क्षेत्रमा साढे ६ खर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । कृषि मन्त्रालयले २३ असोजमा गठन गरेको एक समितिले कृषि र पशुपन्छीतर्फ ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबर क्षति भएको देखाएको हो । सहसचिव जगन्नाथ तिवारीको संयोजकत्वमा गठित समितिले मन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाएको छ । ...
। सहकारी विभागले व्यवसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न निर्देशन दिएको छ । विभागले सहकारी संस्थालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र आयकर ऐन अनुसार व्यवसायिक कारोबार व्यक्तिगत खातामार्फत नगर्न भनेको हो । विभागले मंगलबार निर्देशन जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सहकारी संस्थाहरूलाई पनि वित्तीय संस्थाको रुपमा परिभाषित गरे अनुरूप सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ ...
— नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख सहयोग गरेको छ । मंसिर १५ गते अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा १ करोड ५० लाखको चेक अर्थमन्त्री रामेश्वरप्रसाद ...