मुख्य समाचार
दशैंका बेला प्रशिक्षणमा ब्यस्त महिला फुटबलर
दशैंका बेला प्रशिक्षणमा ब्यस्त महिला फुटबलर

। दशैंको माहोल सुरु भइसक्यो,दुई दिनपछि त लामो सार्वजनिक बिदा पनि सुरु हुनेछ । तर नेपाली राष्ट्रिय महिला फुटबल टिम भने अभ्यासमा ब्यस्त छ ।

साफ महिला च्याम्पियनसिपको सातौं संस्करण कात्तिक १ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।


अहिलेसम्म उपाधि जित्न नसकेको नेपाली टोली जित्ने लक्ष्यका साथ दशैँका बेला पनि प्रशिक्षणमा व्यस्त छ ।

पछिल्लो पटक २०२२ मा दशरथ रंगशालामै भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपका सहायक प्रशिक्षक रहेका राजेन्द्र तामाङको मुख्य प्रशिक्षणमा नेपालले तयारी गरिरहेको छ ।


प्रशिक्षक तामाङले दशैंको समयमा पनि प्रशिक्षण जारी रहने र टीकाको दिनमात्र छुट्टी हुने बताए । ‘दशैंको समयमा पनि प्रशिक्षण निरन्तर हुन्छ । टीकाको दिन शनिबार छुट्टी छ । खेलाडीहरु शुक्रबार घर जान्छन् अनि आइतबार प्रशिक्षणमा आउनेछन्’, तामाङले अनलाइनखबरसँग भने ।

चाडपर्वको समयमा अन्य साथीभाई रमझममा झुम्दा खेलाडीहरुले भने देशका लागि उपाधि जित्ने लक्ष्यसहित पसिना बगाइरहेका छन् । ‘चाडपर्वको समयमा अलिकति चित्त त दुख्छ । अरु सबै रमाइरहेका छन् भन्ने लाग्छ’, तामाङले भने, ‘तर खेल्नुपर्छ, जित्नुपर्छ भन्ने भावना टिममा छ ।’

वाफ वुमन्स च्याम्पियनसिपका लागि पहिलो पटक नेपाली महिला टोली सम्हालेका तामाङ त्यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शनपछि महिला टोलीकै प्रशिक्षकमा निरन्तर छ । बीचमा नेपाली महिला टोलीले थ्री नेसन्स खेल्ने भनेपनि स्थगित भएको थियो । तर त्यसका लागि तयारी अनि एपीएफले पहिलो पटक एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेलेकाले नेपाली खेलाडी लगातार जस्तो प्रशिक्षणमै छन् । केही खेलाडी भने अहिले विदेशी लिगमा समेत जमिरहेका छन् ।



सावित्रा भण्डारी ‘साम्बा’ फ्रेन्च वुमन्स लिगमा इएनटी गुएग्याम्पबाट खेलिरहेकी छन् भने रेखा पौडेल युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी महिला च्याम्पियन्स लिग खेल्ने तयारीमा छिन् । उनले अबुधाबीबाटै एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेलेकी थिइन् । प्रारम्भिक चरणमा रेखाले दुई गोल गर्दै आफ्नो टिमलाई समूह विजेता बनाउन सहयोग गरेकी थिइन् ।

यस पटक नेपाली टिमको स्पिरिट राम्रो रहेको र सबैको लक्ष्य उपाधि जित्ने रहेको प्रशिक्षक तामाङले बताए ।

सेमिफाइनल महत्वपूर्ण खेल

सात राष्ट्रले प्रतिस्पर्धा गर्ने साफ च्याम्पियनसिपका लागि समूह ए मा साविक विजेता बंगलादेश, ५ पटकको विजेता भारत र पाकिस्तान छन् ।

घरेलु टोली नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान समूह बी मा छन् । च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच अक्टोबर १७ मा हुनेछ । नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग १८ अक्टोबरमा खेल्नेछ भने माल्दिभ्ससँग २१ अक्टोबर र भुटानसँग २३ अक्टोबरमा खेल्नेछ ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल अक्टोबर २७ र फाइनल खेल अक्टोबर ३० मा हुनेछ ।

नेपालको समूहमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीहरु छन् । प्रशिक्षक तामाङ भन्छन्, ‘हाम्रो समूहमा रहेका श्रीलंका र माल्दिभ्सको स्तर त्यति माथि छैन । भुटानको खेलस्तर पछिल्लो समय बढेको छ । बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलमा राम्रो खेलेको थियो । उनीहरुको ट्याक्टिकल राम्रो छ तर इन्डुरेन्स कम छ । पहिला जस्तो सहज त हुन्न तर जित्छौँ । भुटानलाई कम आँक्न मिल्दैन ।’

नेपालको लागि मुख्य प्रतिस्पर्धा सेमिफाइनल र फाइनलमा हुने तामाङले बताए । समूह विभाजन अनुसार सेमिफाइनलमा नेपालले भारत र बंगलादेशमध्ये एउटासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

सावित्रा नै मुख्य हतियार

मुख्य प्रशिक्षक तामाङले साफ महिला च्याम्पियनसिपका लागि एन्फा महिला लिगमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीहरु समेटर प्रारम्भिक चरणमा ४० खेलाडीको नाम सार्वजनिक गरेका थिए ।

लिग सकिएपछि प्रशिक्षण सुरु भएको थियो । प्रशिक्षक तामाङले आइतबार १३ जनालाई बाहिर राख्दै दोस्रो चरणमा २७ खेलाडी घोषणा गरेका छन् । अब एक सातापछि त्यसबाट अन्तिम २३ सदस्यीय टोली घोषणा हुनेछ । हाल सावित्रा भण्डारी र रेखा पौडेल विदेशमा खेलिरहेकोले अन्तिम टोली घोषणा हुन बाँकी छ ।



अहिलेसम्मको तयारी राम्रो रहेको तर लिगले गर्दा खेलाडीले धेरै आराम नपाएको प्रशिक्षक तामाङले बताए । ‘तयारी उच्चस्तरकै छ । तर लिगले गर्दा धेरै तयारी त गर्न पाएनौं । ट्यक्टिकल कुरामा काम गरिरहेका छौं’, उनले भने ।

घरेलु मैदानमा प्रतियोगिता हुने भएकाले जसरी पनि उपाधि जित्ने नै मुख्य लक्ष्य रहेको प्रशिक्षक तामाङले बताए । प्रशिक्षक तामाङले सावित्रा टिमको मुख्य हतियार भएको बताए । ‘साम्बा वान अफ दि बेस्ट फरवार्ड टिममा छ । गोल हान्छ । उसको अट्याकले फरक पार्छ,’ तामाङले भने ‘त्यति राम्रो स्ट्राइकर हुँदा पनि गर्न सकिएन भने कहिल्यै सकिन्न ।’

लगातार तेस्रो पटक नेपालमा आयोजना हुँदै

साफ महिला च्याम्पियनसिप लगातार तेस्रो पटक नेपालमा आयोजना हुँदैछ । यसअघि पाँचौ संस्करण २०१९ मा विराटनगरमा आयोजना भएको थियो भने छैटौं संस्करण २०२२ मा काठमाडौंको दशरथ रंगशालामा भएको थियो ।

तर दुवै पटक नेपाल च्याम्पियन बन्न सकेन । पाचौं संस्करणको फाइनलमा भारतसँग पराजित भएको नेपाल छैटौं संस्करण बंगलादेशसँग स्तब्ध बनेको थियो । साफको फाइनलमा नेपालको महिला टोली पहिलो पटक बंगलादेशसँग खेल्दा नै पराजित भयो ।

सन् २०१० मा बंगलादेशबाट साफ महिला च्याम्पियन सुरु भएको थियो । सन् २०१२ मा दोस्रो संस्करण श्रीलंकामा आयोजना हुँदा सन् २०१६ को तेस्रो संस्करण पाकिस्तानले आयोजना गरेको थियो । यस्तै सन् २०१६ मा चौथो संस्करण भारतमा भएको थियो ।

अहिलेसम्म पाँच राष्ट्रले साफ महिला च्याम्पियनसिप आयोजना गरिसक्दा भुटान र माल्दिभ्सले भने आयोजना गरेका छैनन् ।

हाल प्रशिक्षणमा रहेका नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सुशीला चौधरी

डिफेण्डर : गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, सजनी थोकर

मिडफिल्डर : रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिसा कार्मी, विमला चौधरी, सरस्वती हमाल

फरवार्ड : रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल, सावित्रा भण्डारी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...