मुख्य समाचार
एनपीएल अक्सनमा काठमाण्डु गुर्खाज सबैभन्दा कमजोर
एनपीएल अक्सनमा काठमाण्डु गुर्खाज सबैभन्दा कमजोर

। नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा काठमाण्डु गुर्खाज सबैभन्दा कमजोर देखिएकोछ । आइतबार सम्पन्न अक्सनमा काठमाण्डु ले टी-२० विशेष र स्टार खेलाडी नपाएपछि कमजोर बनेको हो।

वसन्त शाही मुख्य प्रशिक्षक रहेको काठमाडौं सुरुवातमा केही मौन बसेको थियो। तर, पछि अक्सनमा बोली लगाएपनि लक्की ड्र मा काठाण्डु अभागी बन्यो। उसले अक्सनमा ए ग्रेडका दुई खेलाडी भीम सार्की र साहब आलमलाई लक्की ड्र मार्फत समान १५ लाखमा पाएको थियो । भीम नेपालका ओडीआई ब्याटर हुन् ।


उनले टी-२० आईमा स्थान बनाउन सकेका छैनन् । साहब आलम पछिल्लो समय नेपाली टोलीमा पर्न संघर्ष गरेका छन् । तीव्र गतिका बलिङ अलराउण्डर राशिद खान ए ग्रेडमा पहिलो पटक बिकेका थिएनन् । तर दोस्रो चरणमा आफैंले न्यूनतम १० लाखमा किनेको थियो ।

नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने शंकर रानलाई ९ लाख ५० हजारमा किनेको थियो। दीपेश कँडेल, सुमित महर्जन र कृष्ण कार्कीलाई समान ५ लाखमा किन्यो। विवेक केसी, प्रतिक श्रेष्ठ र राजु रिजाललाई २–२ लाखमा किनेको हो।


ब्याटिङमा भीम सार्की, शंकर राना, सुमित महर्जन, प्रतिक श्रेष्ठ र राजु रिजाल छन् । भीम र राजु नेपालबाट खेलेका खेलाडी हुन् । राजु सन् २०१९ देखि नेपालको टोलीमा छै्रनन् । सबै ब्याटर ओडीआई शैलीमा बढी जम्ने खालका छन् । घरेलु कन्डिसन अनुसार लगानी गरेको प्रशिक्षक वसन्त शाही बताउँछन् ।

‘हाम्रो जुन किसिमको घरेलु कन्डिसन छ त्यस अनुसार टी-२० शैलीको खेलाडी ल्याउन नै पर्छ भन्ने पनि छैन । टेक्निकल साउण्ड भएका खेलाडीहरु चाहिन्छ । हामी उनीहरुलाई नै राम्रो बनाउन काम गछौं । तर ओडीआईको ट्याग दिन मिल्दैन’, शाहीले भने ।

भाग्यको कारण स्टार नपाएको उनी बताउँछन् ।बिग नाम (स्टार खेलाडी) पाउन लकफ्याक्टर (भाग्य) हुन्छ । बिग नाममा खेलाडी किन्न सबै फ्रेन्चाइज नै जान्छन् । यस्मा हामी कतै न कतै अभागी रह्यौं, उनले भने । त्यसैमा उनले थपे, ‘अक्सनमा पाएको टोलीबाट म खुसी छु । मैले खोजेको ७५ प्रतिशत खेलाडी पाएको छु।’

करण केसी, राशिद खान र कृष्ण कार्की तीव्र गतिका बलिङ अलराउण्डर हुन्। अष्ट्रेलियामा घरेलु क्रिकेट खेल्ने विवेक केसीलाई पनि टोलीमा राखेको छ । स्पिनरमा साहब आलम र दीपेश कँडेल छन् ।

स्पिन आक्रामण सन्तुलित देखिएपनि तीव्र गतिको बलिङ पनि त्यति मजबुद देखिदैन। सिनियर टोलीमा करणले पछिल्लो समय मध्यम प्रदर्शन गरेका छन् । राशिद खान पुनरागमनको पर्खाईमा र कृष्ण करिअरको अन्तिम समयमा छन् ।

मार्कीमा करण र सिनियर टोलीमा भीम छाड्ने हो भने काठमाण्डुमा बिग स्टार छैनन् । ब्याटिङ र बलिङ दुबैमा अन्य ७ टोलीको तुलनामा कमजोर छ । तर शाही मान्न तयार छैनन्।

‘कुनै पनि टोली कमजोर हुँदैन । कागजको नामले मात्रै बलियो र कमजोर भन्ने हुँदैन । टिम राम्रो र सन्तुलित छ । यो टिमलाई काम अघि बढ्नुपर्छ’, उनले भने । त्यसैमा थपे, अव विदेशी खेलाडीको ठूलो भूमिका हुन्छ । हामी त्यसमा काम गर्छौ।’

काठमाडौं गुर्खाज :

करण केसी (मार्की), साहब आलम (१५ लाख), भीम सार्की (१५ लाख), राशिद खान (१० लाख), शंकर राना (९ लाख ५० हजार), दीपेश कँडेल (५ लाख), सुमित महर्जन (५ लाख), कृष्ण कार्की (५ लाख), विवेक केसी (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र राजु रिजाल (२ लाख) ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...