मुख्य समाचार
नेपाल प्रिमियर लिग : अर्जुन कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिम रोयल्सले किने
नेपाल प्रिमियर लिग :अर्जुन कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिम रोयल्सले किने

। नेपाली क्रिकेटका ब्याटर अर्जुन कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिम रोयल्सले किनेको छ । उनले न्यूनतम मूल्य ५ लाख राखेका थिए ।

पोखराले आफ्नो क्षेत्रका खेलाडीलाई मूल्य लगाएको थियो । केही समयपछि सुदूरपश्चिम जोडिएको थियो । त्यसपछि उनले ७ लाख ५० हजार पाएका हुन् ।




अर्जुन कुमालले ओपनिङ गर्दै लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । नेपाल ए बाट उनले आयरल्यान्ड ए बीविरुद्ध शतक हानेका थिए ।

अर्जुन नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् । एसिसी यू-१९ प्रिमियर कप २०२३ अक्टोबरमा अर्जुनले साउदी अरेवियाविरुद्ध १४३ रन बनाएका थिए ।




उनले सिनियर टोलीका कुशल मल्लको उक्त कीर्तिमान तोडेका हुन् । कुशल मल्लले सेप्टेम्बरमा चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनमा अविजित इनिङ खेलेका थिए ।

कुशललाई पछि पारेर नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान कायम गरेका थिए ।अर्जुनले यसअघि गत फागुनमा आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन पनि बनाएका थिए ।

अर्जुन नेपालबाट ओपनरको रुपमा यू-१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो र एक्लो खेलाडीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...