नेपालका मध्यक्रमका ब्याटर सन्दीप जोरा १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा
नेपालका मध्यक्रमका ब्याटर सन्दीप जोरा १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा

। नेपालका मध्यक्रमका ब्याटर सन्दीप जोरा एनपीएलको अक्सनमा १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा पुगेका छन् ।

न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न लुम्बिनी, पोखरा र चितवनबीच प्रतिस्पर्धा भएको थियो । लुम्बिनीले उनले लक्की ड्रमार्फत पाएका हुन् । मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने हुँदा उनले उच्चतम मूल्य पाएका हुन् ।




लुम्बिनीले पाँचौं खेलाडी लक्की ड्र मार्फत पाएको हो । यसअघि लक्की ड्र मार्फत लुम्बिनीले तिलक भण्डारी (१० लाख) आशुतोष घिरैया १० लाख, विवेक यादव १५ लाख र सूर्य तामाङलाई १५ लाख रुपैयाँ पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...