मुख्य समाचार
पाल प्रिमियर लिग (एनपीएल) अक्सनमा सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाउने एक्लो खेलाडी
पाल प्रिमियर लिग (एनपीएल) अक्सनमा सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाउने एक्लो खेलाडी

। विकेट किपर अनिल साह नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाउने एक्लो खेलाडी बनेका छन् ।

उनलाई लक्की ड्रमार्फत जनकपुर बोल्ट्सले १५ लाखमा पाएको थियो । पछिल्लो समय राम्रो लय, विकेटकिपर, ओपनर तथा शीर्षक्रमका ब्याटर र आवश्यक परेमा स्पिन बलिङ गर्ने हुँदा अनिल सबै टोलीको फ्रेन्चाइजले बोली लगाएका हुन् ।




योसँगै नेपालका दुवै विकेटकिपर आसिफ शेख र अनिल साह जनकपुरबाट खेल्नेछन् ।

गुल्सन झा, लोकेश बम र रुपेश सिंहलाई ७-७ टोलीले अक्सनमा मूल्य लगाए । गुल्सनलाई अक्सनमा लुम्बिनी बाहेक सबै टोलीले मूल्य लगाएका थिए ।




लुम्बिनीसँग गुल्सनको नाम आउनु अघि नै ए ग्रेडका तीन खेलाडी हुँदा मूल्य लगाउन पाएन । लक्की ड मार्फत गुल्सन कर्णाली याक्समा १५ लाखमा पुगे ।

युवा विकेटकिपर लोकेश बममाथि पनि ७ टोलीले मूल्य लगाएका थिए । जनकपुर बाहेक सबै टोलीले लोकेशलाई मूल्य लगाएका थिए । लोकेश लक्की ड मार्फत विराटनगर किंग्समा १५ लाखमा पुगे ।

मधेश प्रदेशका युवा तीव्र गतिका बलर रुपेश सिंह क्याटेगोरी बी बाट सर्वाधिक ७ टोलीको रोजाईमा परे । तीव्र गतिसँगै तल्लोक्रममा सानदार प्रदर्शन गर्ने हुँदा उनलाई चितवन राइनोज बाहेक सबै ७ टोलीले मूल्य लगाएका थिए ।

रुपेश १० लाख रुपैयाँमा १० लाखमा जनकपुर बोल्ट्समा पुगेका थिए । ललित राजवंशीलाई ६, नारायण जोशी ५ र विवेक यादवलाई ४ टोलीले मूल्य लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...