मुख्य समाचार
बहुप्रतीक्षित मानिएको ‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध
बहुप्रतीक्षित मानिएको ‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध

। बहुप्रतीक्षित मानिएको ‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध बनेको छ । अपेक्षा विपरीत फिल्मले अन्तर्राष्ट्रिय बजारमा निराशाजक सुरुवात गर्‍यो ।

१९० मिलियन डलरको लागतमा बनेको फिल्मले शुक्रबार उत्तर अमेरिकामा ४ हजार १०२ बजारबाट २० मिलियन डलर मात्र कमाउन सक्यो । रिलिजअघि फिल्मले ५० देखि ६५ मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो ।




पहिलो सप्ताहन्त फिल्मले अघिल्लो भागले भन्दा निकै न्यून कमाउने अपेक्षा छ । पहिलो संस्करणले ९६.२ मिलियन मात्र कमाएको थियो । ‘यो समस्या बक्स अफिस बजारको समस्या होइन । यो सिर्जनात्मक विकासको समस्या हो’ फिल्म असफल भएकोतर्फ संकेत गर्दै वार्नर ब्रोज स्टुडियोका एक अधिकारीले भने ।

यो फिल्मले एक बिलियन डलर कमाउन नसक्ने तर हिट चाहिं हुने विश्लेषण भइरहेको छ । पाँच वर्षअघि रिलिज भएको ‘जोकर’को पहिलो भागले एक बिलियन डलर कमाइ गरेको थियो । जोकर धेरै कमाउने इतिहासकै एडल्ट फिल्म समेत हो ।




खराब समीक्षाका कारण टड फिलिप्स निर्देशकीय फिल्मले अन्तर्राष्ट्रिय बजारमै खराब ओपनिङको सामना गर्नु परिरहेको छ । नेपाली बक्स अफिसमा समेत पहिलो सप्ताहन्त लेडी गागा र ज्याक्विन फिनिक्स स्टारर फिल्मले खराब कमाइ गरेको छ । अकुपेन्सी पनि निकै न्यून देखिन्छ ।

भारतमा समेत फिल्मको कमाइ कमजोर छ । डेडलाइन हलिउडका अनुसार ‘जोकर २’ ले तीन दिनमा ४७ मिलियन डलर कमाउने अपेक्षा छ । अन्तर्राष्ट्रिय बक्स अफिसको दोस्रो स्थानमा पछिल्लो साता ‘द वाइल्ड रोबोट’, तेस्रोमा ‘बिटलजुस बिटलजुस’, चौथोमा ‘ट्रान्सफमर्स वन’, पाँचौंमा ‘स्पिक नो एभिल’ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...