मुख्य समाचार
नेपाल प्रिमियर लिगमा १२ खेलाडी १५ लाखमा बिके
नेपाल प्रिमियर लिगमा १२ खेलाडी १५ लाखमा बिके

: नेपाल प्रिमियर लिग (एनपीएल) मा १२ खेलाडी १५ लाखमा बिकेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार गरेको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाख रुपैयाँमा बिकेका हुन्।



प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, साहब आलम, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन्। प्रतिश र लोकेश विराटनगर किङ्स, ललित र अनिल जनकपुर बोल्ट्स, गुलसन कर्णाली याक्स, साहब आलम र भीम काठमाडौं गुर्खाज, सूर्य, विवेक र सन्दीप लुम्बिनी लायन्स, सागर पोखरा एजेन्जर्स र आरिफ सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका हुन्।

विराटनगरले बसिर अहमदलाई १० लाख, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल र दीपक बोहरालाई पाँच लाख तथा सुवास भण्डारीलाई दुई लाख ५० हजार, नरेन भट्ट र मृणाल गुरुङलाई दुई लाखमा अनुबन्ध गरेको छ। विराटनगरका मार्की खेलाडीमा सन्दीप लामिछाने छन्।




यस्तै चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी र शरद् भेषवाकरलाई १० लाख, विपिन रावललाई आठ लाख, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौटेला र दीपक बोहरालाई जनही पाँच लाख तथा रञ्जित कुमारलाई तीन लाख र गौतम केसीलाई दुई लाखमा टोलीमा भित्र्याएको छ। चितवनको मार्की खेलाडी कुशल मल्ल छन्।

यसैगरी जनकपुर बोल्ट्सले रुपेश सिंह, किशोर महतो र आकाश त्रिपाठीलाई १० लाख, शुभ कंसाकार, शेर मल्ल र हेमन्त धामीलाई पाँच लाख तथा अरनिकोप्रसाद यादव दुई लाख २५ हजार र तुलबहादुर थापामगर दुई लाखमा खरिद गरेको छ। कर्णाली याक्सले नन्दन यादवलाई ११ लाख, देव खनाल, मौसम ढकाल, अर्जुन घर्तीलाई १० लाख, रित गौतम र भुवन कार्कीले पाँच लाख तथा दीपेन्द्र रावत र दीपक डुम्रेलाई तीन लाख रुपैयाँमा भित्र्याएको छ।

कर्णालीको मार्की खेलाडी सोमपाल कामी हुन्। काठमाडौं गुर्खाजले राखसिद खानलाई १० लाख, शंकर रानालाई नौ लाख ५० हजार, सुमित महर्जन, कृष्ण कार्की र दीपेश कँडेललाई पाँच लाख तथा विवेक केसी, प्रतिक क्षेत्र र राजु रिजाललाई दुई लाख रुपैयाँमा टोलीमा अनुबन्ध गरेको छ। काठमाडौंको मार्की खेलाडी करण केसी हुन्।

यसैगरी ोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्सले तिलक भण्डारी र आशुतोष घिरैयालाई १० लाख, दुर्गेश गुप्तालाई आठ लाख, अर्जुन साउदलाई पाँच, दिनेश अधिकारीलाई दुई लाख ७५ हजार तथा अभिनाश गौतम र विकाश आग्रीलाई दुई लाखमा टोलीमा समेटेको छ। पोखरा एभेन्जर्सले आकाश चन्दलाई ११ लाख ५० हजार, किरण ठगुन्ना, नारायण जोशी र विपिन खत्री र दीलिप नाथलाई जनही १० लाख, तृप्तराज दास र सुनाम गौतमलाई पाँच लाख तथा दिनेश खरेल र अमृत गुरुङलाई दुई लाखमा अनुबन्ध गरेको छ। पोखराको मार्की खेलाडी कुशल भुर्तेल हुन्।

यसैगरी सुदूरपश्चिम रोयल्सले अभिनाश बोहरालाई १२ लाख, विनोद भण्डारीलाई १० लाख, इशान पाण्डेलाई नौ लाख ५० हजार, अर्जुन कुमाललाई सात लाख ५० हजार, खड्क बोहरा र नरेश बुढाऐरलाई पाँच लाख, भोजराज भट्टलाई चार लाख ५० हजार, अमित श्रेष्ठलाई तीन लाख ५० हजार र नरेन साउदलाई दुई लाख रुपैयाँमा टोलीमा अनुबन्ध गरेको छ।

अक्सनमा एक सय ६२ खेलाडी सहभागी छन्। प्रतियोगिताका लागि असोज ५ देखि १२ गतेसम्म खेलाडी दर्ता खुला गरिएको थियो। दर्ता भएका चार सय २६ खेलाडीबाट एक सय ६२ खेलाडी छनोट गरिएको थियो। अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी समेटिएका थिए।

क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता जनाउने छन्। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्। कर्णालीको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...