मुख्य समाचार
नेपाल प्रिमियर लिगमा १२ खेलाडी १५ लाखमा बिके
नेपाल प्रिमियर लिगमा १२ खेलाडी १५ लाखमा बिके

: नेपाल प्रिमियर लिग (एनपीएल) मा १२ खेलाडी १५ लाखमा बिकेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार गरेको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाख रुपैयाँमा बिकेका हुन्।



प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, साहब आलम, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन्। प्रतिश र लोकेश विराटनगर किङ्स, ललित र अनिल जनकपुर बोल्ट्स, गुलसन कर्णाली याक्स, साहब आलम र भीम काठमाडौं गुर्खाज, सूर्य, विवेक र सन्दीप लुम्बिनी लायन्स, सागर पोखरा एजेन्जर्स र आरिफ सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका हुन्।

विराटनगरले बसिर अहमदलाई १० लाख, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल र दीपक बोहरालाई पाँच लाख तथा सुवास भण्डारीलाई दुई लाख ५० हजार, नरेन भट्ट र मृणाल गुरुङलाई दुई लाखमा अनुबन्ध गरेको छ। विराटनगरका मार्की खेलाडीमा सन्दीप लामिछाने छन्।




यस्तै चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी र शरद् भेषवाकरलाई १० लाख, विपिन रावललाई आठ लाख, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौटेला र दीपक बोहरालाई जनही पाँच लाख तथा रञ्जित कुमारलाई तीन लाख र गौतम केसीलाई दुई लाखमा टोलीमा भित्र्याएको छ। चितवनको मार्की खेलाडी कुशल मल्ल छन्।

यसैगरी जनकपुर बोल्ट्सले रुपेश सिंह, किशोर महतो र आकाश त्रिपाठीलाई १० लाख, शुभ कंसाकार, शेर मल्ल र हेमन्त धामीलाई पाँच लाख तथा अरनिकोप्रसाद यादव दुई लाख २५ हजार र तुलबहादुर थापामगर दुई लाखमा खरिद गरेको छ। कर्णाली याक्सले नन्दन यादवलाई ११ लाख, देव खनाल, मौसम ढकाल, अर्जुन घर्तीलाई १० लाख, रित गौतम र भुवन कार्कीले पाँच लाख तथा दीपेन्द्र रावत र दीपक डुम्रेलाई तीन लाख रुपैयाँमा भित्र्याएको छ।

कर्णालीको मार्की खेलाडी सोमपाल कामी हुन्। काठमाडौं गुर्खाजले राखसिद खानलाई १० लाख, शंकर रानालाई नौ लाख ५० हजार, सुमित महर्जन, कृष्ण कार्की र दीपेश कँडेललाई पाँच लाख तथा विवेक केसी, प्रतिक क्षेत्र र राजु रिजाललाई दुई लाख रुपैयाँमा टोलीमा अनुबन्ध गरेको छ। काठमाडौंको मार्की खेलाडी करण केसी हुन्।

यसैगरी ोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्सले तिलक भण्डारी र आशुतोष घिरैयालाई १० लाख, दुर्गेश गुप्तालाई आठ लाख, अर्जुन साउदलाई पाँच, दिनेश अधिकारीलाई दुई लाख ७५ हजार तथा अभिनाश गौतम र विकाश आग्रीलाई दुई लाखमा टोलीमा समेटेको छ। पोखरा एभेन्जर्सले आकाश चन्दलाई ११ लाख ५० हजार, किरण ठगुन्ना, नारायण जोशी र विपिन खत्री र दीलिप नाथलाई जनही १० लाख, तृप्तराज दास र सुनाम गौतमलाई पाँच लाख तथा दिनेश खरेल र अमृत गुरुङलाई दुई लाखमा अनुबन्ध गरेको छ। पोखराको मार्की खेलाडी कुशल भुर्तेल हुन्।

यसैगरी सुदूरपश्चिम रोयल्सले अभिनाश बोहरालाई १२ लाख, विनोद भण्डारीलाई १० लाख, इशान पाण्डेलाई नौ लाख ५० हजार, अर्जुन कुमाललाई सात लाख ५० हजार, खड्क बोहरा र नरेश बुढाऐरलाई पाँच लाख, भोजराज भट्टलाई चार लाख ५० हजार, अमित श्रेष्ठलाई तीन लाख ५० हजार र नरेन साउदलाई दुई लाख रुपैयाँमा टोलीमा अनुबन्ध गरेको छ।

अक्सनमा एक सय ६२ खेलाडी सहभागी छन्। प्रतियोगिताका लागि असोज ५ देखि १२ गतेसम्म खेलाडी दर्ता खुला गरिएको थियो। दर्ता भएका चार सय २६ खेलाडीबाट एक सय ६२ खेलाडी छनोट गरिएको थियो। अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी समेटिएका थिए।

क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता जनाउने छन्। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्। कर्णालीको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...