मुख्य समाचार
नेपाल प्रिमियर लिग अक्सनमा भाग्यमानी बनेका तीन टोली
नेपाल प्रिमियर लिग अक्सनमा भाग्यमानी बनेका तीन टोली

। नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र कर्णाली याक्स भाग्यमानी मानिए ।

रोहित पौडेल मार्की र शक्ति गौचन कन्सल्टेन्स प्रशिक्षक रहेको लुम्बिनीले ए ग्रेडका तीन खेलाडी लक्की ड्र मार्फत पाएको थियो । स्पिनर सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरालाई उच्चतम १५ लाखमा लक्की ड्रमा लुम्बिनी भित्र्याउन सफल भयो ।




बायाँ हाते स्पिन सूर्यले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट बलिङ गर्दै आएका छन् । विवेक फिनिसरसँगै तीव्र गतिका बलर हुन् । सन्दीप जोरा मध्यक्रमका ब्याटर हुन् । विवेक र सन्दीप दुबै टी–२० विशेष खेलाडी मानिन्छन् ।

लुम्बिनीले त्यति मात्रै होईन, ग्रेड बी का आशुतोष घिरैया र स्पिनर तिलकराज भण्डारीलाई पनि उच्चतम मूल्य १० लाखमा लक्की ड्र मा पाउन सफल भयो ।




‘हामीले अक्सनमा जे सोचेका थियौं त्यस्तै भयो । ए ग्रेडका तीनै खेलाडी पाउनु सौभाग्य हो । आइतबार दशैंको चौथो दिन र चार नम्बर मलाई जहिले पनि फाप्छ’, लुम्बिनीका मालिक ईश्वर जी.सीले भने ।

अक्सनमा लुम्बिनीले गुल्सन झालाई मूल्य नै लगाउन पाएन । किनभने उनको नाम आउनु अघि नै ए ग्रेडका तीन खेलाडी पुगेका थिए ।

‘गुल्सनलाई एकदमै ठूलो मिस गर्यौ । सबैभन्दा बढी आज अक्सनमा हर्षितका पलहरु धेरै थिए । एउटा धेरै ठूलो मन दुखाइ भनेको गुल्सनलाई मूल्य लगाउन नपाउनु थियो’, जी.सीले भने ।

लुम्बिनीको ब्याटिङमा रोेहित, विवेक, सन्दीप, आशुतोष र अर्जुन साउद छन् । विकास आग्री, दिनेश अधिकारी र दुर्गेश गुप्ता तीव्र गतिका बलर हुन् । स्पिनरमा सूर्य, तिलक र अभिषेक गौतम छन् ।



लुम्बिनीमा भएका तीनै तीव्र गतिका बलरले नेपालको टोलीबाट खेलेका छैनन् । घरेलुमा मात्रै अनुभव हुँदा तीव्र गतिका बलिङ कमजोरी देखिन्छ । उक्त स्थानमा विदेशी खेलाडीबाट पुर्ती गर्ने जि.सी बताउँछन् ।

उता कर्णाली याक्सले सबैले चाहेको तीव्र गतिका बलर गुल्सन झालाई पायो । गुल्सन तीव्र गतिसँगै तल्लोक्रममा राम्रो प्रदर्शन गर्ने गर्दछन् । अर्कोतर्फ आफ्नै स्थानीय विकेटकिपर ब्याटर अर्जुन घर्तीलाई पनि लक्की ड्र मार्फत १० लाखमा पाएको थियो । कर्णालीबाट घरेलु क्रिकेट खेल्ने अर्जुनलाई किन्न काठमाडौं, विराटनगर र कर्णाली अक्सनमा भिडेका थिए ।

कर्णालीको टोली सन्तुलित देखिन्छन् । तीव्र गतिका बलरमा सोमपाल कामी, गुल्सन झा र नन्दन यादव छन् । गुल्सन र सोमपाल पहिलो रोजाईका नेपाली खेलाडी हुन् । नन्दन अष्ट्रेलियामा रहेर निरन्तर अभ्यास गरेका छन् । अवको नेपालको भविष्य मानिन्छन् ।



भुवन कार्की, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, मौशम ढकाल छन् । ब्याटिङमा देव खनाल, अर्जुन घर्ती, रित गौतम र दीपक डुम्रे छन् । त्यसैले कर्णाली ब्याटिङमा कमजोर देखिन्छ ।

‘अक्सन राम्रो नै भयो । सुरुवातमा राम्रो भएको थिएन । लक्की ड्र मा ७ मा नै गुमायौं । तर दोस्रो हाफ हाम्रो लागि एकदमै लाभदायी रह्यो,’ कर्णालीका निर्देशक तथा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले भने ।

‘ब्याटिङमा अलराउण्डरको रुपमा हेर्ने हो भने हामीसँग स्टेन्थपनि छ । गुल्सन र सोमपालबाट आशा गर्न सकिन्छ । ब्याटिङ अलीकति कमजोर देखिन्छ । तर उपाधि जित्नु छ भने हाम्रो खेलाडी नै चल्न आवश्यक छ’, ज्ञानेन्द्र मल्लले भने, ‘ए क्याटेगोरीका ब्याटर पर्खे पनि पाएनौं । विदेशी खेलाडी अब त्यही अनुसार ल्याउँछौं ।’

गुल्सन मात्रै नभएर सबै खेलाडी त्यति नै योग्य रहेको मल्ल बताउँछन् । ‘गुल्सन टोलीमा हुनु एकदमै राम्रो हो । तर अरुपनि खेलाडी त्यति नै योग्य नै छन् । क्रिकेटमा नामले मात्रै काम गर्दैन । हामी प्रदर्शनको अपेक्षा गर्दछौं,’ उनले भने ।

उता जनकपुर बोल्ट्स पनि अक्सनमा भाग्यमानी देखियो । सबै टोलीले मूल्य लगाएको विकेटकिपर अनिल साहलाई लक्की ड्र मार्फत १५ लाखमा पाएको थियो ।



त्यति मात्रै होइन स्पिनर ललित राजवंशी पनि लक्की ड्र मार्फत १५ लाखमा पायो । मधेशबाट घरेलु क्रिकेट खेल्ने तीव्र गतिका बलिङ अलराउण्डर रुपेश सिंहलाई पनि जनकपुरले लक्की ड्रमा १० लाखमा पाएको थियो ।

‘एक दुई जना पुरानो खेलाडीलाई हामीले लिन सकेनौं । हामीले लक्षित गरेका धेरै खेलाडी पायौं । खुसी छौं । अनिललाई पाउँदा एकदमै लक्की मान्छौं’, जनकपुरका मालिक उत्सव सिंग्देलले भने ।

लुम्बिनीसँग ब्याटरमा अनिल साह, आसिफ शेख, शुभ कंस्कार र आकाश त्रिपाठी छन् । शीर्षक्रम राम्रो हुँदा मध्यक्रम र फिनिसरमा भने विदेशी खेलाडीबाट पूर्ति गर्नुपर्ने हुन्छ ।

‘ठूला नाम भन्दा पनि खेलाडीलाई बिग बनाउने सोच राख्छौं । हाइलाइट भन्दा पनि उदयमान विदेशी खेलाडी देख्न पाइन्छ । हाम्रो अमेरिकाको बेस हुँदा केही खेलाडी त्यहाँबाट आउँछन्’, उत्सवले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...