मुख्य समाचार
‘बिग बोस सिजन १८’ आजदेखि
‘बिग बोस सिजन १८’ आजदेखि

। रियालिटी शो ‘बिग बोस सिजन १८’ आइतबार रातिदेखि सुरु हुँदैछ । शोलाई सलमान खानले होस्ट गर्दैछन् । यसपटक बिग बोसको घरमा धेरै नयाँ कुरा देखिने अपेक्षा छ ।

कलर्स च्यानलमा नेपाली समयानुसार राति ९ बजेर १५ मिनेटमा शो प्रिमियर हुनेछ । ओटीटी प्लाटफर्मका दर्शकले यसलाई जियो सिनेमाको अनलाइन स्ट्रिमिङ प्लाटफर्ममा पनि शुल्क तिरेर हेर्न सक्नेछन् । यो शो पूरै साता चल्नेछ ।


सोमबारदेखि शुक्रबारसम्म प्रतियोगीले दर्शकलाई मनोरञ्जन दिनेछन् भने शनिबार र आइतबारलाई वीकेण्ड बार भनिनेछ । यस दिन शो होस्ट सलमानले प्रतियोगीसँग कुराकानी गर्नेछन् ।

यसपटक बिग बोसको थिम ‘समय का ताण्डव’ छ । कलर्सको इन्स्टाग्राम पेजबाट नयाँ प्रोमो सार्वजनिक गरिएको छ । जसमा सलमानको झलक देखिन्छ ।


प्रिमियर समारोहमा १८ जना नयाँ प्रतियोगी सार्वजनिक हुनेछन् । भारतीय सञ्चारमाध्यमले प्रिमियरअघि नै सबै प्रतियोगीको नाम सार्वजनिक गरिसकेका छन् ।

को–को छन् प्रतियोगी ?

‘तारक मेहताका उल्टा चस्मा’मा रोशन सोढीको भूमिका निर्वाह गर्ने कलाकार गुरुचरण सिंह पनि यो सिजनमा देखिनेछन् । दक्षिण भारतीय सुपरस्टार महेश बाबुकी साली तथा नम्रता शिरोडकरकी बहिनी शिल्पा शिरोडकर पनि छिन् ।

उनी ९० को दशककी चर्चित अभिनेत्री हुन् । उनले शाहरुख खानदेखि गोविन्दासम्मका कलाकारसँग काम गरेकी छिन् । १३ वर्षको लामो ब्रेकपछि उनले टिभी सिरियल ‘एक मुट्ठी आस्मान’ (२०१३) बाट पुनरागमन गरेकी थिइन् ।

करणवीर मेहराले हालै ‘खतरों के खिलाडी सिजन १४’ जितेका थिए । उनी टिभी कलाकार हुन् । उनी ‘रागिनी एमएमएस २’, ‘मेरे डैड की मारुति’, ‘ब्लड मनी’, ‘बदमाशियां’ जस्ता फिल्ममा देखिएका छन् ।

भिभियनलाई कुनै परिचय चाहिंदैन । उनले ‘प्यार की एक कहानी’ सिरियलबाट पहिचान पाएका हुन् । ‘मधुबाला’, ‘शक्ति’जस्ता सुपरहिट शोको हिस्सा हुन् उनी । ‘झलक दिखला जा ८’ र ‘खतरों के खिलाडी ७’ मा पनि सहभागी भइसकेका छन् ।

पञ्जाबका शहजादाले अहिलेसम्म चारवटा सिरियलमा काम गरिसकेका छन् । सन् २०२० मा उनले ‘ये जादू है जिन का’ मा अभिनय गरे । सिरियलबाट अभिनयको दुनियाँमा प्रवेश गरेका थिए ।

हेमा शर्मालाई सबैले भाइरल भाभीको नामले पनि चिन्छन् । उनी सलमान खानको फिल्म ‘दबंग ३’ मा देखिएकी छिन् । उनका रिल्स केही समयमै सामाजिक सञ्जालमा भाइरल हुन्छन् र उनको बोल्ड स्टाइलबाट सबै प्रभावित हुन्छन् ।

चुम दराङ भूमि पेड्नेकर र राजकुमार रावको फिल्म ‘बधाई दो’मा देखिएकी थिइन् । उनी अरुणाञ्चल प्रदेशकी बासिन्दा हुन् । उनी आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’मा देखिएकी छिन् । ‘पाताल लोक’मा पनि उनको सानो भूमिका थियो ।

एलिस कौशिक टिभी अभिनेत्री हुन् । उनी ‘पाण्ड्या स्टोर’ मा रविको भूमिकामा देखिएकी छिन् । उनी ‘बिग बोस १२’की विजेता दीपिका कक्कडसँग ‘ससुराल सिमर का’मा पनि देखिएकी छिन् र ‘कहां हम कहाँ तुम’ जस्ता टिभी शोमा पनि काम गरिसकेकी छिन् ।

अर्फिन खान पनि ‘बिग बोस १८’ को हिस्सा हुनेछन् । उनी ऋतिक रोशन र टाइगर श्राफ लगायत धेरै बलिउड स्टारको लाइफ कोच भइसकेका छन् । ऋतिक र कंगनाको सम्बन्धलाई लिएर विवाद हुँदा पनि अरफिनले ऋतिकलाई साथ दिएका थिए । सारा अरफिन खान पनि बलिउड सेलिब्रेटीसँग निकै नजिक छिन् । उनी श्रीमानसँग दुबईमा बस्छिन् ।

चाहत टेलिभिजन अभिनेत्री हुन् । उनले सन् २०१६ मा आफ्नो अभिनय करिअर सुरु गरेकी थिइन् । उनले ‘नाथः जेवर या जञ्जीर’ मा काम गरेकी छिन् । उनी ‘तेनाली रामा’, १हमारी रेशम बहू’ र ‘द्वारकाधीश भगवान श्री कृष्ण’ जस्ता शोहरूमा देखिएकी थिइन् ।

मुस्कान बामनेलाई सिरियल ‘अनुपमा’बाट पहिचान मिलेको हो । यो शोमा उनले रुपाली गांगुलीकी छोरीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले उनी यो शोको हिस्सा छैनन् ।

न्यारा पनि टिभी अभिनेत्री हुन् । उनी सिरियल ‘दिव्या दृष्टि’बाट चिनिन्छिन् । उनी ‘पिसाचिनी’ मा पनि देखिएकी थिइन् । उनले ‘खतरों के खिलाडी १३’ मा खतरनाक स्टन्ट गरेकी थिइन् ।

अविनाश मिश्राले आफ्नो करिअर विज्ञापनबाट सुरु गरेका थिए । सन् २०१७ मा सिरियल ’सेठ जी’ बाट टिभीमा डेब्यु गरेका थिए । ‘प्यार टुने क्या किया’, ‘इश्कबाज’, ‘क्रसरोड’, ‘ये रिश्ते हैं प्यार के’, ‘तितली’, ‘मीठा खट्टा प्यार हमारा’ जस्ता सिरियलमा देखिएका छन् ।

ताजिन्दरपाल सिंह बग्गा भाजपा (भारतीय जनता पार्टी) को दिल्ली इकाईका प्रवक्ता हुन् । उनी देशभक्ति र राष्ट्रवादी टी–सर्टहरू बेच्ने अनलाइन टी–शर्ट कपडा पसलका मालिक पनि हुन् ।

रजत दलाल सामाजिक सञ्जालमा निकै चर्चित छन् । उनी फिट्नेस ट्रेनर र पावर लिफ्टर पनि हुन् । उनले नै एल्विश यादव र म्याक्सटर्नबीच झगडा हुँदा मेलमिलाप गराएका थिए ।

एसटी कर्मचारीको हडतालका कारण गुणरत्न सदावर्ते राज्यमा चर्चित भए । उनले कर्मचारीको स्वतन्त्र संगठन सुरु गरे र मजदुर नेता बने ।

श्रुतिका अर्जुनको जन्म सन् १९८७ मा तमिलनाडुमा भएको थियो । उनी एक टिभी अभिनेत्री, व्यवसायी र पूर्वअभिनेत्री हुन् । उनले तमिल र मलयालम फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...