मुख्य समाचार
रग्बी सेभेन्स ट्रफीमा पुरुष र महिला दुवैतर्फ नेपालले हार व्यहोरे
रग्बी सेभेन्स ट्रफीमा पुरुष र महिला दुवैतर्फ नेपालले हार व्यहोरे

। नेपालका महिला र पुरुष दुवै टोलीले एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो खेलमा पराजय व्यहोरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार भएको रग्बी सेभेन्स ट्रफीमा पुरुष र महिला दुवैतर्फ नेपालले हार व्यहोरेको हो ।




समूह ‘बी’ मा रहेको नेपाली पुरुष टोलीले पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० र दोस्रो खेलमा बहराइनसँग २७–७ स्कोरमा हार व्यहोर्‍यो । उज्वेकिस्तानले चार ट्राइ र दुई कनभर्जनबाट फराकिलो नतिजा आत्मसात गर्‍यो ।

बहराइनले भने पाँच ट्राइ र एक कनभर्जन गर्दै समूहको शीर्ष दुईको सम्भावना बलियो बनायो । नेपालका रोहन डंगोल ट्राइमा रहँदा बहराइनले ‘हाइ ट्याकल’ गर्‍यो ।




सोहीअनुरूप नेपालले पेनाल्टी ट्राइमार्फत सात अंक बटुलेको हो । लगातार दोस्रो हारसँगै नेपाली पुरुष टोली बल च्याम्पियनसिपका लागि खेल्ने भएको छ ।

समूह ‘ए’ मा रहेको नेपाली महिला टोलीले पनि फिलिपिन्स र ग्वामसँग हार व्यहोर्‍यो । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । फिलिपिन्सले सात ट्राइ र एक कनभर्जन गर्‍यो । नेपाल दोस्रो खेलमा ग्वामसँग पनि ५–१७ को स्कोरमा पराजित भयो ।

ग्वामले तीन ट्राइ र एक कनभर्जनमा सफलता पाउँदा नेपालकी कप्तान सृजना राईले एक ट्राइ गरिन् ।

नेपालले शुक्रबार नै समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । महिला टोलीले पनि दुई हारसँगै बल च्याम्पियनयनसिप खेल्ने भएको छ ।

शुक्रबार भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो । चाइनिज ताइपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्‍यो ।

महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो । पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो ।पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो ।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ । प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...