मुख्य समाचार
अक्सनमा बढीमा कुल ९० लाख खर्च गर्न पाउने
अक्सनमा बढीमा कुल ९० लाख खर्च गर्न पाउने

। नेपाल प्रिमियर लिग (एनपीएल) मा एक टोलीले अक्सनमा बढीमा कुल ९० लाख खर्च गर्न पाउने भएका छन् । एनपीएलको अक्सन आइतबार काठमाडौंमा हुँदैछ ।

एनपीएलको नियम अनुसार १० खेलाडीलाई बढीमा ९० लाख खर्चिन पाउनेछन् । हरेक फ्रेन्चाइज टोलीमा कुल १६ खेलाडी हुनेछन् । चार विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टबाट आउनेछन् ।


चार विदेशी खेलाडी मध्य एक एसोसिएट देशको अनिवार्य राखिएको छ । विदेशी खेलाडी भने आन्तरिक सहमतीमा आबद्द हुनेछन् । सबै टोलीले एक एक मार्की खेलाडी लक्क ड्र मार्फत टोलीमा आवद्द गरी सकेका छन् ।

त्यसैले अक्सनमा सबै टोलीले १०–१० खेलाडी किन्नेछन् । एनपीएलको नियम अनुसार ग्रेड ए का तीन, बी का चार र सी का तीन खेलाडी किन्नुपर्ने हुन्छ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र उच्चतम १५ लाख रुपैयाँ तोकिएकोछ । उच्चतम मूल्यपछि चिट्ठाबाट खेलाडी कुन टोलीमा जाने निर्धारण हुनेछ ।




अक्सनमा ए ग्रेडमा २७ खेलाडी सर्ट लिष्टमा परेका छन् । २७ मध्य २४ खेलाडी विक्री हुनेछन् । ग्रेड ए मा मौसम ढकाल छुटेको हुँदा उनी थपिनेछन् ।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख र उच्चतम मूल्य १० लाख राखिएको छ । बी ग्रेडको सर्ट लिष्टमा ३८ खेलाडी छन् । सी ग्रेडको न्यूनतम मूल्य २ र उच्चतम ५ लाख राखिएकोछ । सी ग्रेडका कुल ७७ खेलाडी छन् । बी र सी मा पनि उच्चतम मूल्यपछि चिट्ठा थुतिनेछ ।

करण केसी काठमाडौं गुर्खाज, कुशल भुर्तेल पोखरा एभेन्जर्स, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ शेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् ।

तीन साता अघि लक्की ड्र मार्फत क्यानले मार्की खेलाडी घोषणा गरेको थियो । हरेक मार्की खेलाडीले समान २० लाख रुपैयाँ पाउनेछन् । एनपीएल मंसिर १५ देखि पुष ६ सम्म काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...