मुख्य समाचार
इरानद्वारा इजरायलमा १८० क्षेप्यास्त्र प्रहार : त्यसको मूल्य चुकाउनुपर्ने नेतन्याहूको चेतावनी
इरानद्वारा इजरायलमा १८० क्षेप्यास्त्र प्रहार : त्यसको मूल्य चुकाउनुपर्ने नेतन्याहूको चेतावनी

इरानले इजरायलमा लगभग १८० क्षेप्यास्त्र प्रहार गरेको छ। प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको इजरायली सेनाले जनाएको छ।

प्रहारबाट केही सैन्य अखडा तथा रेस्टुराँ र विद्यालयमा क्षति पुगेको बताइएको छ।


इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ठूलो गल्ती गरेकोले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।
मन्त्रीपरिषद् बैठकमा नेतन्याहूले इजरायलले इरान र अन्य शत्रुविरुद्ध जबाफ दिने दृढता उल्लेख गरे।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानको शान्ति र सुरक्षाको उद्देश्यले हमदा गरिएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमलालाई 'इरान र नागरिकको प्रतिरक्षा' का लागि इजरायललाई दिइएको एउटा 'निर्णायक' जबाफ भएको बताएका छन्।

नेतन्याहूललाई सम्बोधन गर्दै उनले इरान जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरायली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए।

उनले ती हमला इरानको क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग द्वन्द्वमा संलग्न नहुन चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम