मुख्य समाचार
सन्यास घोषणको ७ वर्षपछि अभिनयमा फर्किंदै ड्यानिल डे-लुइस
सन्यास घोषणको ७ वर्षपछि अभिनयमा फर्किंदै ड्यानिल डे-लुइस

। आफ्नो पुस्तका महान अभिनेता ड्यानियल डे-लुइस ७ वर्षको अन्तरालपछि फिल्ममा फर्किँदैछन् । छोरा रोनान डे-लुइसको निर्देशनमा बन्न लागेको फिल्म ‘एनेमोन’मा उनी शीर्ष भूमिकामा देखिन लागेका हुन् ।

रोचक कुरा यो छ कि, सन् २०१७ मा अभिनयबाट सन्यास घोषणा गरेका लुइस, पूर्वप्रतिबद्धताबाट पछि हट्दै फिल्ममा फर्किन लागेका हुन् । सन्यास घोषणा गरिसकेका चर्चित अभिनेता फिल्ममा फर्किने पक्का भएपछि हलिउड र उनको प्रशंसक वृत्त खुसीले रोमाञ्चित भएको छ ।




फोकसन फिचर्स र प्लान बीको यो कथानक फिल्मबाट लुइसका छोरा रोनानले निर्देशनमा डेब्यु गर्दैछन् । यो फिल्मले बुबा, छोरा र भाइहरू बीचको जटिल सम्बन्धको साथै ‘पारिवारिक बन्धनको गतिशीलता’को अन्वेषणलाई वर्णन गर्छ ।

सन् २०१७ मा रिलिज भएको ‘फ्यान्टम थ्रेड’पछि ड्यानियलले सन्यासको घोषणा गरेका थिए । यो कमब्याक फिल्ममा उनको शीर्ष भूमिका हुनेछ । यो फिल्ममा सेन बीन, सामन्था मोर्टन, शमूएल बोटमले र सफिया ओकले–ग्रीनको पनि अभिनय हुनेछ ।




‘हामी रोनान डे-लुइसको पहिलो फिचर फिल्ममा ड्यानियल डे-लुइससँग उनको रचनात्मक सहयोगीको रूपमा एक शानदार भिजुअल आर्टिस्टसँग साझेदारी गर्न लागेकोमा उत्साहित नभैरहन सक्दैनौं’ निर्माता कम्पनी फोकस फीचरका अध्यक्ष पिटर कुजावस्कीले एक विज्ञप्तिमा भने ।

ड्यानिलको अघिल्लो फिल्म ‘फ्यान्टम थ्रेड’ निर्माण गरेको कम्पनी फोकस फीचरले नै यो फिल्म बनाउन लागेको हो । यो फिल्मलाई युनिभर्सल स्टुडियोले विश्वब्यापी रिलिज गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...