मुख्य समाचार
ग्वाटेमाला सिमानामा नेपालीसहित चढेकाे ट्रकमा ६ आप्रवासी मारिए
ग्वाटेमाला सिमानामा नेपालीसहित चढेकाे ट्रकमा ६ आप्रवासी मारिए

। ग्वाटेमाला सिमानामा मेक्सिकन सैनिकले चलाएको गाेली लागेर ६ जना आप्रवासी मारिएका छन् ।

ग्वाटेमाला सिमाना हुँदै अमेरिका गइरहेका नेपाल, भारत र पाकिस्तानका आप्रवासी चढेको ट्रकबाट मारिएका ती आप्रवासी को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजसमेतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बिहीबार समाचार छापेको छ, जहाँ मेक्सिको सरकारको रक्षा विभाग स्रोतलाई हवाला दिइएको छ ।


मेक्सिकोको रक्षा विभागले दिएको सूचना अनुसार दुईवटा अरु सवारीको साथमा आइरहेको ट्रकमा गोलाबारी सुनिएको थियो । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो । १२ जना घाइते बने ।

आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हतियार नभेटिएको रिपोर्टमा जनाइएको छ । गाडीभित्र रहेका अरु १७ आप्रवासी भने सुरक्षित छन् ।


ती आप्रवासीमाथि छानबिन चलिरहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय अखबार हिन्दुस्तान टाइम्सले समाचार छापेको हो । निहत्थामाथि गोली चलाएको पाइएमा सैनिकमाथि समेत कारबाही हुने बताइएको छ ।

आप्रवासी अधिकारका पैरवीकर्ताले भने सन् २०२१ मा पनि यस्तै अनधिकृत हमलाबाट निहत्था मान्छे मरेको भन्दै सेनाबाट फेरि पनि भयानक गल्ती भएको हुन सक्ने आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्‍याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ । यस्तै अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास ...
: भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव नराखेको स्पष्ट पारेको छ। एयर इन्डियाको विमानबाट दिल्ली हुँदै जर्मनी जान लागेकी एक नेपाली नागरिकलाई अध्यागमन अधिकारीहरूले अपमान गरेको आरोप लगाएपछि गृह मन्त्रालयले प्रस्टीकरण दिएको हो। गृह मन्त्रालयले उक्त घटनालाई नेपाली नागरिकहरूप्रति पक्षपात वा भेदभाव गरेको भनेर गलत तरिकाले प्रस्तुत गरिएको उल्लेख गरेको छ। 'यस ...
। नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् ...
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...