मुख्य समाचार
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने

: विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले बुधबार नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भने छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।



गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैंकको छ । यद्यपि हाल मुलुकले भोगेको बाढीपहिरो र डुबानको कारण सिर्जित समस्याले अर्थतन्त्रमा पार्नसक्ने असरको भने लेखाजोखा गरिएको छैन ।

केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार,निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ । सन् २०२४ मा पर्यटन आगमन ३० प्रतिशतले बढ्दा सेवा क्षेत्रको वृद्धि हुने र यातायात, आवास तथा खाद्य क्षेत्रमा वृद्धि हुने अनुमान छ । जलविद्युत् र कृषि क्षेत्रको उत्पादन बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । यसवर्ष जलविद्युत् उत्पादन चार सय ५० मेगावाट थपिने र धान उत्पादन चार दशमलव तीन प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।




त्यस्तै,मुद्रास्फीति सन् २०२५ मा पाँच प्रतिशत र सन् २०२६ मा साँढे चार प्रतिशत रहने पनि विश्व बैंकको अनुमान छ । मुद्रास्फीति सन् २०२३ मा सात दशमलव सात प्रतिशत र सन् २०२४ मा पाँच दशमलव चार प्रतिशत रहेको छ ।

चालु आवमा निजी क्षेत्रको खपत एक दशमलव आठ प्रतिशत र सरकारी क्षेत्रको खपत पाँच दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसवर्ष चालु खाता बचत जिडिपिको दुई दशमलव छ प्रतिशत रहने र सरकारी राजस्व २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ट्रेजरी बिलमार्फत सरकारले आज (आइतबार) ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गरेर १८२ दिने ट्रेजरी बिलमार्फत उल्लिखित रकम उठाउन लागेको जनाएको हो । ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । ट्रेजरी ...
— चालु आर्थिक वर्षको दुई तिहाई समय अर्थात आठ महिना सकिँदा भरतपुर महानगरपालिकाले विकास बजेट (पुँजीगत खर्च)को एक चौथाई मात्र खर्च गर्न सकेको छ । महानगरले दोस्रो चौमासिक अवधिमा सम्पन्न गरेका योजना तथा कार्यक्रम र सेवा प्रवाहका बारेमा जानकारी दिन बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले पुँजीगत बजेट २ अर्ब ...
। सप्तरीको खडक नगरपालिकाले कृषकहरूलाई राहत स्वरूप निःशुल्क तिर्दै आएको कृषि मिटरको विद्युत् महसुल भुक्तानी स्थगित गरेको छ। नगरपालिकाले विगतदेखि कृषकहरूलाई खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि मिटरको महसुल निःशुल्क तिर्दै आएको थियो । तर पछिल्लो समय बजेट अभाव भएको कारण देखाउँदै उक्त सुविधा स्थगित गरिएको जनाएको छ। ३ चैतमा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार अनुदान बजेट अपर्याप्त भएपछि ...
। मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्धबाट प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको हो । पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र टे«किङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले ...
। नेपालका होटलहरूको वगीकरणमा अब नयाँ मापदण्ड बन्ने भएको छ । अहिले २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ। पर्यटन विभागका अनुसार सो मापदण्डमा समयानुकूल परिमार्जनको तयारी छ । सोहीकरणमा विभागले सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै मौजुदा मापदण्ड २०७६ मा सुधार गर्नुपर्ने पक्ष, ग्रिन हस्पिटालिटीका लागि आवश्यक सूचक र होटलको भौतिक पूर्वाधार ...