मुख्य समाचार
पाकिस्तानका ब्याटर बाबर आजमले ओडीआई र टी-२० आईबाट कप्तानी छाडे
पाकिस्तानका ब्याटर बाबर आजमले ओडीआई र टी-२० आईबाट कप्तानी छाडे

– पाकिस्तानका ब्याटर बाबर आजमले ओडीआई र टी-२० आईबाट कप्तानी छाडेका छन् । टी-२० विश्वकपमा खराब प्रदर्शनपछि आलोचना खेप्दै आएका उनले कप्तानी छाड्ने निर्णय लिएका हुन् ।

सामाजिक सञ्जाल मार्फत उनले ब्यक्तिगत विकास र अझ इनर्जीको लागि कप्तानी छाडेको जनाएका छन् ।




गतवर्ष एकदिवसीय विश्वकपमा सेमिफाइनल पुग्न नसकेपछि बाबरले तीनै संरचनाबाट कप्तानी छाडेका थिए । त्यसपछि पाकिस्तानले टेस्टमा सन मकसुद र टी-२० क्रिकेटमा शाहिन शाह अफ्रिदीलाई कप्तान बनाएको थियो ।

अफ्रिदीले केही खेलमा कप्तानी गरेपछि छाडेका थिए । त्यसपछि बाबर पुन गत अप्रिलमा पाकिस्तानको सिमित ओभरको कप्तान नियुक्त भएका थिए ।




वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजम पछिल्लो समय लयमा छैनन् । टोली भित्रको गुट र आन्तरिक राजनीति कारण पाकिस्तानले पछिल्लो समय लगातार खराब प्रदर्शन गर्दै आएकोछ ।

बाबरले छाडेसँगै अव मोहम्मद रिजवान र सादब खान मध्य एक कप्तान बन्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...