मुख्य समाचार
चिसापानीबाट ४८ लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा
चिसापानीबाट ४८ लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा

: नवलपरासीको बर्दघाटस्थित चिसापानीबाट सशस्त्र प्रहरीले ४८ लाख बराबरको अवैध सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ। चिनीको बिल बनाएर मोबाइललगायत अन्य सामान लैजाँदै गरेको अवस्थामा सोमबार ट्रकसहित सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी दिए ।

भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रकबाट उक्त सामान बरामद गरिएको हो । बरामद सामानमा ३० लाख बराबरको ३० हजार केजी चिनी रहेको छ । ५० केजीका ६ सयवटा बोरामा राखेर चिनी लैजाँदै गरिएको थियो ।

त्यसैगरी १६ लाख बढीको १६ हजार १६० वटा मोबाइलको टेम्पर ग्लास,१ लाख बढीको ९५० वटा मोबाइल कभर र १ लाख बढीका विभिन्न काँचका भाडाकुँडा बरामद गरिएको छ । चिनीबाहेक अन्य सामानको बिल बिजक नभएका कारण ति सबै सामान अवैध भएकाले आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको एसपी वाग्लेले बताए ।

बरामद सामानबाहेक अवैध सामान ओसारपसारमा संलग्न ट्रकको ३५ लाख मूल्य राखेर चालक र सहचालकलाई समेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशन गरेर युनियन भंग गरिएको जनाएको छ। सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने योजना थियो। सोही अनुसार कर्मचारी युनियन भंग भएको हो। युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत ...
— जिल्ला अदालत काठमाडौंले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धानमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्दै उपचारको पनि व्यवस्था मिलाउन भनेको हो । आदेशमा भनिएको छ,'प्रतिवादी के.पी. शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको ...
: तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले आज ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादले नगरपालिकाको खाता मन्त्रालयले रोक्का गरेपछि उनीहरुसहित कर्मचारीहरुले पनि पुस महिनादेखि तलब ...
— गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार भएको कार्यक्रममा उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन ...
: नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।