मुख्य समाचार
एमालेको निर्देशन : पार्टीको काम रोकेर राहत, उद्धार र पुनर्स्थापनामा खट्नु र क्षतिको विवरण संकलन गर्नू
एमालेको निर्देशन : पार्टीको काम रोकेर राहत, उद्धार र पुनर्स्थापनामा खट्नु र क्षतिको विवरण संकलन गर्नू

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित काम रोकेर राहत र उद्धारमा पार्टीका नेतालाई खटिन निर्देशन दिएका छन्। मंगलबार बसेको एमाले सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुन नेता-कार्यकर्तालाई निर्देशन दिएको जानकारी दिए।



महासचिव पोखरेलले लाइफ लाइनका रुपमा रहेका सडकहरु सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सरकारलाई सुझाव दिएको बताए। ‘बाढी तथा पहिरोमा परेर मृत्यु भाकाहरूको परिवार र घाइतेहरूको अभिभावकको रुपमा राज्य प्रस्तुत हुनुपर्छ।’ उनले भने, ‘ राजधानी जोड्ने लाइफ लाइनका सडक अवरुद्ध छन्, चाडपर्व नजिकिएको छ, अधिकांश ठाउँमा पुल बगाएको छ, लामो गन्तव्यमा यात्रु पुग्नुपर्ने छ। यसमा सरकारको विशेष जोड हुनुपर्दछ।’

उनले किसानले लगाएको बालीमा समेत क्षति भएकाले त्यस्ता नागरिकको पक्षमा पनि राज्य छ भन्ने आभास दिलाउनुपर्ने बताए। उनले क्षतिको विवरण संकलन गरेर पीडितलाई उचित राहत दिनुपर्ने बताए।




बैठकमा प्रधानमन्त्री ओलीले वर्षापछिको बाढीपहिरो र डुबानपछि उद्धार, बेपत्ताको खोजी, पीडितलाई राहत दिने र अवरुद्ध सडक सञ्चालन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको जानकारी गराए।

उनले एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने जानकारी दिए। यसैगरी प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको पोखरेलले बताए।

यसैबीच एमालेले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सिंहदबारमा सांसदको शपथ लिएर सर्वोच्च अदालतबाट अवहेलना मुद्दामा तारिख बुझेका छन् । शपथ लिएपछि सोही पोसाकमै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन ...
— विद्यालयको होस्टेलमा बस्दै आएका १४ वर्षीय बालकको मृत्यु घटनालाई आफन्तले 'शंकास्पद' भएको आरोप लगाएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएका १४ वर्षका धमेन्द्रकुमार साहको शनिबार मृत्यु भएको थियो । होस्टेल संचालकले ती बालकले आत्महत्या गरेकाे बताइरहेका छन् । मृतकका आफन्तले ढिलो गरी मात्रै परिवारजनलाई खबर गरेकाले ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदा भएका छन् । नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा योजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा ...
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताएका छन् । आयोगको प्रतिवेदन सार्वजनिक भएको अर्को दिन औपचारिक रूपमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले आफ्नो संलग्नता पुष्टि ...
: राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए। निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।