मुख्य समाचार
कडाइका साथ बजार अनुगमन गर्न मातहतलाई उद्योग मन्त्रीको निर्देशन
कडाइका साथ बजार अनुगमन गर्न मातहतलाई उद्योग मन्त्रीको निर्देशन

: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी,कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्ने बताउँदै मातहतका निकायलाई कडाइका साथ प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन्।



मन्त्री भण्डारीले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै बोलाएर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिएका हुन्। 'बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महङ्गी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ,'मन्त्री भण्डारीले भने ।

उनले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिने बताए। यस्तै, मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसल सर्वसुलभ बनाउन निर्देशन दिएका छन्।


वाणिज्य मन्त्रालय मातहतका उक्त व्यापारिक संस्थालाई उपभोक्तामुखी भएर अत्यावश्यक दैनिक उपभोग्य सामानको मौज्दात बढाउन मन्त्री भण्डारीले द्वय प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका हुन् । उनले भने,'उपभोक्ताले सर्वसुलभरुपमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु पाउनुपर्‍यो, सुपथ मूल्य पसल व्यवस्थित बनाउनुहोला,पसल थप सञ्चालन गर्नुपर्ने भए त्यो पनि गर्नुस्,न्यूनतम मौज्दात कायम जुनसुकै हालतमा पनि हुनुपर्छ,मन्त्रालयले के सहयोग गर्नुपर्छ जानकारी गराउनूस् ।'

साथै मन्त्री भण्डारीले नेपाल आयल निगमका चण्डीकाप्रसाद भट्टलाई एलपी ग्यासको आवश्यक मौज्दात बढाउन निर्देशन समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गरेका छन् । शुक्रबार सर्लाही–४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै यस्तो बताएका हुन् । ‘अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन । हिजोको सबै खराब हुने ...
। नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् । सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे । ‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले ...
। नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट एकताबाट आफूहरू नभई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिस्ट एकताबाट भागेर प्रचण्डलगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको बताएका हुन् । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनको भनाइ ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् । धनुषा-४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका हुन् । ‘भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका छौँ । पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन । ...
। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूसँग पनि मुलुकलाई निकास दिने कुनै एजेन्डा नभएको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग उनले यस्तो टिप्पणी गरेका हुन् । कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरूले मुलुकमा संकट निम्त्याएको तर त्यो संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरूमा पनि नदेखिएकाले मुलुक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम