मुख्य समाचार
काभ्रेमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो, ६ जना बेपत्ता
काभ्रेमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो, ६ जना बेपत्ता

: काभ्रेमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार काभ्रेको तेमाल, रोशी, पनौती, बनेपा लगायतका विभिन्न स्थानहरुमा बाढी पहिरोबाट ५४ जनाको मृत्यु भएको हो।



मृतकमध्ये ३८ जनाको सनाखत भएको छ। बाढी पहिरोमा परेर ६ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ। बीपी राजमार्ग र अन्य स्थानहरूबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहानसम्म हेलिकोप्टरबाट ३३७ जना र अन्यमाध्यमबाट ३२२६ जनाको उद्धार गरेर गन्तव्यसम्म जाने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

जिल्लाका विभिन्न स्थानहरूबाट नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार कार्यमा जोड दिएको कर्णेल सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तीव्रता दिएको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाइको कामलाई तीव्रता दिएको जानकारी दिए । समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाइ सुरु भएको छ । हालसम्म प्रत्यक्षतर्फको २५ ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन् । सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनताको रक्षा तथा वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको बताए । 'विभिन्न कम्युनिस्ट पार्टी तथा सामाजवादी ...
— फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि बागलुङमा तालिम सुरु भएको छ । बागलुङमा १ हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम सुरु भएको हो। निर्वाचन प्रहरी भर्नाको लागि तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत माग संख्या भन्दा २१२ जना कमले आवेदन पेश गरेका थिए। बागलुङका लागि १ हजार २९८ जना निर्वाचन ...
— नेपाली कांग्रेसका सभापति गगन थापाले प्रणालीमा सुधार गर्न सही कानुन बनाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले स्टन्ट गरेर सुधार गर्न नसकिने बताएका हुन् । उनले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन स्टन्ट र चटक देखाएर नभई सही कानुन र प्रक्रिया निर्माण गरेर मात्र सम्भव हुने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संयाेजक पुष्पकमल दाहालकाे नेतृत्वमा निर्वाचन परिचालन रणनीति बनाउने तयारी गरेकाे छ । पार्टी एकता अभियानमा जोड दिइरहेकाे नेकपाले दाहालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरी रणनीति बनाउन लागेको हो । दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले १६५ निर्वाचन क्षेत्रमा संगठन परिचालन, प्रदेशमा सभा गर्नेलगायत विषयमा निर्वाचन कार्यक्रम बनाउने तयारी भइरहेकाे बताए । ...