मुख्य समाचार
नामिबियाले युएईलाई ८ विकेटले हरायो
नामिबियाले युएईलाई ८ विकेटले हरायो

। घरेलु टोली नामिवियाले आईसीसी विश्वकप लिग–२ मा युएईलाई ८ विकेटले हराएको छ ।

१९१ रनको लक्ष्य नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर माइकल भान लिंगेनले ४३ बलमा १२ चौका र २ छक्कासहित ६७ तथा जेपी कोट्जी ४० रनमा आउट भए ।

कप्तान जेराल्ड इरास्मस ४६ बलमा ६ चौका र ३ छक्कासहित ५९ तथा जेन ग्रीन २१ रनमा नट आउट रहे । युएईका बासिल हामिद र विष्णु सुकुमारनले १-१ विकेट लिए ।

त्यसअघि विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई १९० रनमा अल आउट भएको थियो । युएईका अली नासिरले ६२ बलमा ७ चौका र २ छक्कासहित ६१ रन बनाए । एलिसान सराफु ३१, अर्यांश शर्मा डक, मोहम्मद वासिम १, विष्णु सुकुमारन ३०, आसिफ खान २६ र बासिल हामिद १३ रनमा आउट भए ।


नामिबियाका जेजे स्मितले ३, टांगेनी लुंगामेनी र बेनार्ड स्कोल्ट्जले २–२ विकेट लिए ।

यो जितले लिग २ को अंक तालिकामा नामिबिया १२ खेलमा ५ मा जित र ७ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । युएई ७ खेलमा १ मा जितसहित पुछारमा छ । नेपाल ८ खेलमा १ मा जितसहित ३ अंकका साथ सातौं स्थानमा छ ।

क्यानडा ११ खेलमा ७ मा जितसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । समान ८ खेलमा १२–१२ अंक भएपनि नेटरनरेटका कारण अमेरिका दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...