मुख्य समाचार
काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस अनुभवी खेलाडी फुल्डेन उराल
काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस अनुभवी खेलाडी फुल्डेन उराल

। काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि टर्किस अनुभवी खेलाडी फुलडेन उराललाई अनुबन्ध गरेको छ ।

दायाँ हाते आउटसाइड हिटर फुल्डेन उराल बिहीबार नेपाल आइपुगिसकेकी छन् । फुल्डेन बलियो आक्रामक र रक्षात्मक क्षमताका लागि परिचित छिन् ।


उरालले भलिबल नेसन्स लिग २०१८ लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेकी छिन् ।

क्लब स्तरमा भने उनले टर्किस महिला भलिबल लिगमा धेरै सिजन खेलिसकेकी छन् । उनले टर्कीका केही शीर्ष भलिबल टोलीहरूको प्रतिनिधित्व गर्दै सीईभी कप २०२२/२३, च्यालेन्ज कप २०२१/२२ र बीभीए कप २०१४/१५ मा पनि भाग लिएकी छन् ।




काठमाडौं स्पाइकर्समा आबद्ध १८६ सेन्टिमिटर उचाइकी उराल सबैभन्दा अनुभवी खेलाडी हुन् ।



काठमाडौं स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले उरालको आगमनपछि टिम बलियो बनेको बताइन् । ‘फुल्डेन उराललाई आफ्नो टोलीमा सामेल गर्न पाउँदा हामी खुशी छौं । हामीले एभरेष्ट महिला भलिबल लिगको यस सिजनमा बलियो प्रतिष्पर्धा गर्ने लक्ष्य राखेका छौं । त्यसैले हामीलाई विश्वास छ अन्तर्राष्ट्रिय र क्लब स्तरका प्रतियोगिताहरू खेलेको उनको लामो अनुभवले हाम्रो टोलीलाई विशेष फाइदा हुनेछ ।’

काठमाडौँ स्पाइकर्समा अनुबन्ध भएसँगै फुलडेन उरालले आफ्नो उत्साह व्यक्त गरिन्, ‘काठमाडौं स्पाइकर्सको हिस्सा हुन पाउँदा म खुशी छु । म आफ्नो अनुभव नेपालमा ल्याएर टोलीका लागि यस रोमाञ्चक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तत्पर छु ।’

फुलडेन उराल भित्रिएपछि काठमाडौं स्पाइकर्सले पहिलो सिजनमा सफलता हात पार्ने विश्वास राखेको छ । काठमाडौंले यसअघि नै बुल्गेरियाकी सेटर आन्द्रे टिसेतानोभा र टर्किस अपोजित हिटर पेलिन एरोक्टालाई अनुबन्ध गरिसकेको छ ।

नेपाली महिला राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा राष्ट्रिय टिमकी स्पाइकर उषा भण्डारी छिन् ।

काठमाडौं टिम : उषा भण्डारी, कमला पुन, आरती सुवेदी, कोपिला राना, उषा विष्ट, निशा महरा, बसन्ती साउद, रश्मिता दुरा, रितिका भट्ट (ट्यालेन्ट हन्ट),

विदेशी खेलाडी : आन्द्रे टिसेतानोभा, पेलिन एरोक्टा, फुल्डेन उराल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...