मुख्य समाचार
काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस अनुभवी खेलाडी फुल्डेन उराल
काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस अनुभवी खेलाडी फुल्डेन उराल

। काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि टर्किस अनुभवी खेलाडी फुलडेन उराललाई अनुबन्ध गरेको छ ।

दायाँ हाते आउटसाइड हिटर फुल्डेन उराल बिहीबार नेपाल आइपुगिसकेकी छन् । फुल्डेन बलियो आक्रामक र रक्षात्मक क्षमताका लागि परिचित छिन् ।


उरालले भलिबल नेसन्स लिग २०१८ लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेकी छिन् ।

क्लब स्तरमा भने उनले टर्किस महिला भलिबल लिगमा धेरै सिजन खेलिसकेकी छन् । उनले टर्कीका केही शीर्ष भलिबल टोलीहरूको प्रतिनिधित्व गर्दै सीईभी कप २०२२/२३, च्यालेन्ज कप २०२१/२२ र बीभीए कप २०१४/१५ मा पनि भाग लिएकी छन् ।




काठमाडौं स्पाइकर्समा आबद्ध १८६ सेन्टिमिटर उचाइकी उराल सबैभन्दा अनुभवी खेलाडी हुन् ।



काठमाडौं स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले उरालको आगमनपछि टिम बलियो बनेको बताइन् । ‘फुल्डेन उराललाई आफ्नो टोलीमा सामेल गर्न पाउँदा हामी खुशी छौं । हामीले एभरेष्ट महिला भलिबल लिगको यस सिजनमा बलियो प्रतिष्पर्धा गर्ने लक्ष्य राखेका छौं । त्यसैले हामीलाई विश्वास छ अन्तर्राष्ट्रिय र क्लब स्तरका प्रतियोगिताहरू खेलेको उनको लामो अनुभवले हाम्रो टोलीलाई विशेष फाइदा हुनेछ ।’

काठमाडौँ स्पाइकर्समा अनुबन्ध भएसँगै फुलडेन उरालले आफ्नो उत्साह व्यक्त गरिन्, ‘काठमाडौं स्पाइकर्सको हिस्सा हुन पाउँदा म खुशी छु । म आफ्नो अनुभव नेपालमा ल्याएर टोलीका लागि यस रोमाञ्चक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तत्पर छु ।’

फुलडेन उराल भित्रिएपछि काठमाडौं स्पाइकर्सले पहिलो सिजनमा सफलता हात पार्ने विश्वास राखेको छ । काठमाडौंले यसअघि नै बुल्गेरियाकी सेटर आन्द्रे टिसेतानोभा र टर्किस अपोजित हिटर पेलिन एरोक्टालाई अनुबन्ध गरिसकेको छ ।

नेपाली महिला राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा राष्ट्रिय टिमकी स्पाइकर उषा भण्डारी छिन् ।

काठमाडौं टिम : उषा भण्डारी, कमला पुन, आरती सुवेदी, कोपिला राना, उषा विष्ट, निशा महरा, बसन्ती साउद, रश्मिता दुरा, रितिका भट्ट (ट्यालेन्ट हन्ट),

विदेशी खेलाडी : आन्द्रे टिसेतानोभा, पेलिन एरोक्टा, फुल्डेन उराल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...