मुख्य समाचार
पश्चिमी देशहरूमा आणविक आक्रमण गर्ने पुटिनको चेतावनी
पश्चिमी देशहरूमा आणविक आक्रमण गर्ने पुटिनको चेतावनी

: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई आणविक हतियारबाट आक्रमण गर्ने चेतावनी दिएका छन्। उनले यसअघि पनि पटकपटक आणविक हतियार प्रयोग गर्ने धम्की दिएका थिए । यसपटक उनले आणविक नीतिमा परिवर्तन गर्ने घोषणा पनि गरेका छन्।


बीबीसी रिपोर्टका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए । बैठकमा उनले सरकार आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम परिवर्तन गर्न लागेको बताएका छन्।



पुटिनले देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने उल्लेख गरे। यसमा रूस विरुद्ध भइरहेको मिसाइल वा ड्रोन हमलाविरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ। रूसी क्षेत्रमा ठूलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो भने देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्ने र रूसले आणविक हतियारहरू प्रयोग गर्न सक्ने उनले बताए।

उनले आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यसलाई दुवै देशले गरेको आक्रमण मानिने बताए । उनले रुसको आणविक हतियार देश र नागरिकको सुरक्षाको सबैभन्दा ठूलो ग्यारेन्टी भएको पनि बताए ।


आणविक नीतिमा परिवर्तन अहिलेको आवश्यकता भएको पुटिनले बताएका छन्।

युक्रेनले रुसमा लामो दुरीको हमला गर्ने मिसाइल प्रयोग गर्न पश्चिमी देशहरूसँग अनुमति मागिरहेको समयमा पुटिनको यो भनाइ आएको हो। पुटिनले आणविक हतियारको प्रयोगका लागि परिस्थिति परिवर्तन गर्न आवश्यक भएको भन्दै विश्व तीव्र गतिमा परिवर्तन भइरहेको बताए ।

बेलायतले युक्रेनलाई Storm Shadow र American Army Tactical Missile System (ATACMS) मिसाइल दिएको छ । यी लामो दूरीका घातक क्षेप्यास्त्र हुन्, जसले करिब ३०० किलोमिटरसम्मको लक्ष्यसम्म प्रहार गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...