मुख्य समाचार
क्यानडा टूरमा जितविहीन नेपाल
क्यानडा टूरमा जितविहीन नेपाल

। आईसीसी विश्वकप लिग–२ मा नेपाल र ओमानको खेल मंगलबार वर्षाका कारण रद्द भयो । यससँगै नेपालले क्यानडा टूरमा एक अंक जोड्यो ।

क्यानडा टूरमा जाँदा नेपालसामू ८ अंक जोड्ने अवसर थियो । लिग–२ मा भएका प्रतिस्पर्धीमध्ये नेपालका लागि क्यानडा र ओमान तुलनात्मक रुपमा सहज प्रतिस्पर्धी मानिएका थिए । तर नेपालले एउटा पनि खेल जित्न सकेन ।


घरेलु टोली क्यानडासँग दुबै खेल गुमायो । ओमानसँग एउटा खेलमा हार ब्यहोर्‍यो, अर्को खेल पानीले हुन दिएन । यसअघि फेब्रुअरीमा घरेलु मैदान टियुमा नामिबियासँगै दुबै खेलमा हार तथा नेदरल्यान्ड्ससँग १ मा जित र हार व्यहोरेको थियो ।

नेपालले अब लिग २ मा खेल्ने सिरिजहरु :


२०२४, अक्टोबर नोभेम्बर अमेरिका : नेपाल, अमेरिका र स्कटल्यान्ड

२०२५ मे स्कटल्यान्ड : स्कटल्यान्ड, नेदरल्यान्ड्स र नेपाल

२०२५ अक्टोबर युएई : युएई, अमेरिका र नेपाल

२०२५ नोभेम्बर नेपाल : नेपाल, ओमान र युएई

२०२६ अगष्ट नेदरल्यान्ड्स : नेदरल्यान्ड्स, नेपाल र नामिबिया

२०२६ अक्टोबर ओमान : ओमान, क्यानडा र नेपाल

२०२६ नोभेम्बर नेपाल : नेपाल, स्कटल्यान्ड र अमेरिका

२०२६ डिसेम्बरसम्म चल्ने लिग–२ मा नेपाल, युएई, ओमान, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स, क्यानडा र नामिबिया छन् । एउटा त्रिकोणात्मक सिरिजमा तीन देश हुँदा सबैले समान दुई खेल खेल्नुपर्छ । तीन वर्षमा एउटा देशले कुल ३६ खेल खेल्नेछ ।

एक देशले कुल ९ सिरिज खेल्छ । त्यसमा ३ घरेलु मैदान र ६ अवे सिरिज हुनेछन् ।

र, नेपालले सन् २०२७ सम्म नम्बर वान एसोसिएट देश बन्ने लक्ष्य राखेको छ ।

तर लिग टूमा सुरुवाती ८ खेलमध्ये ६ मा हार व्यहारेको नेपालका लागि यो लक्ष्य सहज देखिएको छैन ।



लिग–२ का शीर्ष चार देश २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट सोझै पुग्नेछन् । सृुरुवाती ८ मध्ये ६ हारले त्यो सम्भावना एकदमै कठिन बनाएकोछ । किनभने शीर्ष चारमा पर्न ४० अंकको आसपासमा हुनुपर्छ । त्यसको लागि अब नेपालले १८/१९ खेल जित्नुपर्छ ।

तर अमेरिका, नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता कठिन भ्रमण गर्न बाँकी नै छ । घरेलु मैदानमा खेल्ने दुई सिरिज मध्य एउटा अमेरिका र स्कटल्यान्डसँग छ । विदेशी भूमिमा इतिहास देखिनै नेपालको राम्रो प्रदर्शन छैन ।

शीर्ष चारमा नपरे के हुन्छ ?

लिग–२ का पुछारका टोलीले विश्वकप छनोट खेल्न अन्तिम अवसरको रुपमा प्लेअफ क्वालिफायर खेल्न पाउनेछन् । प्लेअफ क्वालिफायरमा च्यालेन्ज लिग ए र बीका शीर्ष दुई टोली आउने छन् । प्लेअफ क्वालिफायरमा ८ टोलीबीच हुने प्रतिस्पर्धाबाट शीर्ष ४ देश विश्वकप छनोट खेल्न पाउँछन् ।

च्यालेन्ज लिग ए मा डेनमार्क, जर्सी, केन्या, कुवेत, पपुवा न्युगिनी र कतार छन् । च्यालेन्ज लिग बी मा बहराइन, हङकङ, इटाली, सिंगापुर, तान्जिनिया र युगान्डा छन् ।

च्यालेन्ज लिग ए र बी सिंगल राउन्ड रोविनको आधारमा तीन पटक प्रतिस्पर्धा हुनेछ । समान १५ खेलपछि शीर्ष दुई दुई टोली प्लेअफ क्वालिफायरमा पुग्नेछन् ।

सोझै ओडीआई मान्यता सम्भावना कस्तो ?

ओडीआई मान्यता निरन्तरता दिन लिग २ मा शीर्ष ६ मा पर्नुपर्छ । ३५ भन्दा माथि अंक भएमा शीर्ष ६ मा पर्ने सम्भावना हुन्छ । त्यसको लागि नेपालले कम्तिमा १७ खेल जित्नुपर्ने हुन्छ ।

असम्भव त छैन, तर सहज पनि देखिँदैन । नेपालले अब घरेलु मैदानमा ८ र विदेशी भूमिमा २० खेल खेल्नेछ । विदेशी भूमिमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

शीर्ष ६ मा पर्न नसके ओडीआई मान्यता प्राप्त गर्न प्लेअफ क्वालिफायर अन्तिम अवसर हुनेछ । प्लेअफमा च्यालेन्ज लिग ए र बी बाट आउने देश भन्दा माथि रहन सके मात्रै ओडीआई मान्यता प्राप्त हुन्छ । अन्यथा गत वर्ष पपुवा न्युगिनीले जस्तै गुमाउनुपर्छ ।

२०२७ को विश्वकप यात्रा

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

दक्षिण अफ्रिका र जिम्बाब्बे बाहेक अन्य शीर्ष ८ ओडीआई वरीयता देश सोझै विश्वकपमा पुग्नेछन् ।

ओडीआई वरीयता पुछारमा रहने दुई टेस्ट टोली, लिग २ तथा प्लेअफका समान चार चार गरी कुल १० देशले एकदिवसीय विश्वकप छनोट २०२७ मा प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटबाट शीर्ष चार देशले २०२७ को विश्वकप खेल्नेछन् ।

लिग–२ को अंक तालिका

क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंक जोड्दै शीर्ष स्थानमा छ । अमेरिका ८ खेलमा ६ मा जित र २ मा हारका साथ १२ अंकका साथ दोस्रो स्थानमा छ ।

नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ । साविक लिग–२ च्याम्पियन स्कटल्यान्ड ७ खेलमा ४ मा जित र २ मा हारसहित ९ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया ११ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ ।

ओमान ७ खेलमा २ मा जित र ३ मा हारसहित ६ अंकका साथ छैटौं स्थानमा छ । नेपाल ८ खेलमा १ मा जित र ६ मा हारसहित ३ अंक जोड्दै सातौं स्थानमा छ । युएई ६ खेलमा १ मा जित र ५ मा हारसहित २ अंकका साथ पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...