मुख्य समाचार
क्यानडा टूरमा जितविहीन नेपाल
क्यानडा टूरमा जितविहीन नेपाल

। आईसीसी विश्वकप लिग–२ मा नेपाल र ओमानको खेल मंगलबार वर्षाका कारण रद्द भयो । यससँगै नेपालले क्यानडा टूरमा एक अंक जोड्यो ।

क्यानडा टूरमा जाँदा नेपालसामू ८ अंक जोड्ने अवसर थियो । लिग–२ मा भएका प्रतिस्पर्धीमध्ये नेपालका लागि क्यानडा र ओमान तुलनात्मक रुपमा सहज प्रतिस्पर्धी मानिएका थिए । तर नेपालले एउटा पनि खेल जित्न सकेन ।


घरेलु टोली क्यानडासँग दुबै खेल गुमायो । ओमानसँग एउटा खेलमा हार ब्यहोर्‍यो, अर्को खेल पानीले हुन दिएन । यसअघि फेब्रुअरीमा घरेलु मैदान टियुमा नामिबियासँगै दुबै खेलमा हार तथा नेदरल्यान्ड्ससँग १ मा जित र हार व्यहोरेको थियो ।

नेपालले अब लिग २ मा खेल्ने सिरिजहरु :


२०२४, अक्टोबर नोभेम्बर अमेरिका : नेपाल, अमेरिका र स्कटल्यान्ड

२०२५ मे स्कटल्यान्ड : स्कटल्यान्ड, नेदरल्यान्ड्स र नेपाल

२०२५ अक्टोबर युएई : युएई, अमेरिका र नेपाल

२०२५ नोभेम्बर नेपाल : नेपाल, ओमान र युएई

२०२६ अगष्ट नेदरल्यान्ड्स : नेदरल्यान्ड्स, नेपाल र नामिबिया

२०२६ अक्टोबर ओमान : ओमान, क्यानडा र नेपाल

२०२६ नोभेम्बर नेपाल : नेपाल, स्कटल्यान्ड र अमेरिका

२०२६ डिसेम्बरसम्म चल्ने लिग–२ मा नेपाल, युएई, ओमान, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स, क्यानडा र नामिबिया छन् । एउटा त्रिकोणात्मक सिरिजमा तीन देश हुँदा सबैले समान दुई खेल खेल्नुपर्छ । तीन वर्षमा एउटा देशले कुल ३६ खेल खेल्नेछ ।

एक देशले कुल ९ सिरिज खेल्छ । त्यसमा ३ घरेलु मैदान र ६ अवे सिरिज हुनेछन् ।

र, नेपालले सन् २०२७ सम्म नम्बर वान एसोसिएट देश बन्ने लक्ष्य राखेको छ ।

तर लिग टूमा सुरुवाती ८ खेलमध्ये ६ मा हार व्यहारेको नेपालका लागि यो लक्ष्य सहज देखिएको छैन ।



लिग–२ का शीर्ष चार देश २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट सोझै पुग्नेछन् । सृुरुवाती ८ मध्ये ६ हारले त्यो सम्भावना एकदमै कठिन बनाएकोछ । किनभने शीर्ष चारमा पर्न ४० अंकको आसपासमा हुनुपर्छ । त्यसको लागि अब नेपालले १८/१९ खेल जित्नुपर्छ ।

तर अमेरिका, नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता कठिन भ्रमण गर्न बाँकी नै छ । घरेलु मैदानमा खेल्ने दुई सिरिज मध्य एउटा अमेरिका र स्कटल्यान्डसँग छ । विदेशी भूमिमा इतिहास देखिनै नेपालको राम्रो प्रदर्शन छैन ।

शीर्ष चारमा नपरे के हुन्छ ?

लिग–२ का पुछारका टोलीले विश्वकप छनोट खेल्न अन्तिम अवसरको रुपमा प्लेअफ क्वालिफायर खेल्न पाउनेछन् । प्लेअफ क्वालिफायरमा च्यालेन्ज लिग ए र बीका शीर्ष दुई टोली आउने छन् । प्लेअफ क्वालिफायरमा ८ टोलीबीच हुने प्रतिस्पर्धाबाट शीर्ष ४ देश विश्वकप छनोट खेल्न पाउँछन् ।

च्यालेन्ज लिग ए मा डेनमार्क, जर्सी, केन्या, कुवेत, पपुवा न्युगिनी र कतार छन् । च्यालेन्ज लिग बी मा बहराइन, हङकङ, इटाली, सिंगापुर, तान्जिनिया र युगान्डा छन् ।

च्यालेन्ज लिग ए र बी सिंगल राउन्ड रोविनको आधारमा तीन पटक प्रतिस्पर्धा हुनेछ । समान १५ खेलपछि शीर्ष दुई दुई टोली प्लेअफ क्वालिफायरमा पुग्नेछन् ।

सोझै ओडीआई मान्यता सम्भावना कस्तो ?

ओडीआई मान्यता निरन्तरता दिन लिग २ मा शीर्ष ६ मा पर्नुपर्छ । ३५ भन्दा माथि अंक भएमा शीर्ष ६ मा पर्ने सम्भावना हुन्छ । त्यसको लागि नेपालले कम्तिमा १७ खेल जित्नुपर्ने हुन्छ ।

असम्भव त छैन, तर सहज पनि देखिँदैन । नेपालले अब घरेलु मैदानमा ८ र विदेशी भूमिमा २० खेल खेल्नेछ । विदेशी भूमिमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

शीर्ष ६ मा पर्न नसके ओडीआई मान्यता प्राप्त गर्न प्लेअफ क्वालिफायर अन्तिम अवसर हुनेछ । प्लेअफमा च्यालेन्ज लिग ए र बी बाट आउने देश भन्दा माथि रहन सके मात्रै ओडीआई मान्यता प्राप्त हुन्छ । अन्यथा गत वर्ष पपुवा न्युगिनीले जस्तै गुमाउनुपर्छ ।

२०२७ को विश्वकप यात्रा

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

दक्षिण अफ्रिका र जिम्बाब्बे बाहेक अन्य शीर्ष ८ ओडीआई वरीयता देश सोझै विश्वकपमा पुग्नेछन् ।

ओडीआई वरीयता पुछारमा रहने दुई टेस्ट टोली, लिग २ तथा प्लेअफका समान चार चार गरी कुल १० देशले एकदिवसीय विश्वकप छनोट २०२७ मा प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटबाट शीर्ष चार देशले २०२७ को विश्वकप खेल्नेछन् ।

लिग–२ को अंक तालिका

क्यानडा ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंक जोड्दै शीर्ष स्थानमा छ । अमेरिका ८ खेलमा ६ मा जित र २ मा हारका साथ १२ अंकका साथ दोस्रो स्थानमा छ ।

नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ । साविक लिग–२ च्याम्पियन स्कटल्यान्ड ७ खेलमा ४ मा जित र २ मा हारसहित ९ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया ११ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ ।

ओमान ७ खेलमा २ मा जित र ३ मा हारसहित ६ अंकका साथ छैटौं स्थानमा छ । नेपाल ८ खेलमा १ मा जित र ६ मा हारसहित ३ अंक जोड्दै सातौं स्थानमा छ । युएई ६ खेलमा १ मा जित र ५ मा हारसहित २ अंकका साथ पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...