मुख्य समाचार
भुटानविरुद्ध पुनरागमन जित निकाल्दै नेपाल सेमिफाइनलमा
भुटानविरुद्ध पुनरागमन जित निकाल्दै नेपाल सेमिफाइनलमा

। घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो ।



जितपछि नेपाल तीन खेलबाट ६ अंक जोडेर समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । दुई जित र एक बराबरीसहित ७ अंक जोडेको पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।

नेपालले अब सेमिफाइनलमा समूह्य ए को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा भारतले बंगलादेश र माल्दिभ्स दुवैलाई पराजित गरेको थियो । खेलमा अग्रता भने भुटानले लिएको थियो । तर भुटानले अग्रता कायम राख्न सकेन भने दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो ।




खेलको ४३औं मिनेटमा छिमी तोब्देन दोर्जीले नेपाली खेलाडीको गल्तीमा गोल गर्दै भुटानलाई पहिले अग्रता दिलाएका थिए । नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेको गल्तीमा नेपालले गोल खाएको थियो ।

गोलकिपर भोटेले कलेक्ट गर्न नसकेको बलमा छिमीले सहजै गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल गर्‍यो ।

५५औं मिनेटमा कृष्ण बहादुर आलेले नेपालक लागि बराबरी गोल फर्काए । उनले करिब २५ यार्डमा प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गरे । बराबरीतर्फ अग्रसर भइरहेको खेलको ८४औं मिनेटमा सुजल डंगोलले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए ।

सुरुवाती गोल खाँदा गल्ती गरेका नेपाली गोलकिपर भोटेले यस पटक भने चलाखीपूर्ण पास दिँदा त्यसमा सुजलले गोल गरे । गोलकिपर भोटेले हानेको लामो बलमा भुटानी डिपेण्डरले क्लियर गर्न नसक्दा सुजनले विपक्षीको पेनाल्टी बक्सबाट भली गोल गरे ।

नेपालले अब शनिवार भारतसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल पाकिस्तान र बंगलादेशबीच शनिवारै हुनेछ । सेमिफाइनल विजेताबीच आउने सोमबार फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...