मुख्य समाचार
एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित
एएफसी यु-२० एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

। चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप फुटबल छनोटको आफ्नो तेस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित भएको छ ।

न्यू ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा पहिलो २० मिनेटपछि नै नेपाल दश खेलाडीमा समेटिएपछि उज्वेकिस्तानले त्यसको फाइदा उठायो ।


नेपालका सविन घिमिरेले बल रोक्ने क्रममा बल हातले रोकेपछि उनले सिधै रातो कार्ड सामना गरेका थिए । त्यसका उज्वेकिस्तानले पेनाल्टी पाएको थियो । तर उरिनबोएभको पेनाल्टी प्रहार नेपालका गोलकिपर जियरात शेखले बचाएका थिए ।

तर साइदुमार्खोन साइदनुरल्लायभले २४ औं र २७ औं मिनेटमा लगातार गोल गर्दै उज्वेकिस्तानलाई २-० को अग्रता दिलाए ।




२९ औं मसनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३-० को अग्रता बनायो । नेपालले रक्षात्मक खेल्दै उज्वेकिस्तानलाई रोक्ने प्रयास गरेपनि दोस्रो हाफमा थप तीन गोल व्यहोर्‍यो ।

उज्वेकिस्तानका लागि मिर्जाएभले ६७ औं, मेयिरबेक रेजाबालिएभले ८७ औं र अब्दुगाफुर हेदारोभले ९० औं मिनेटमा गोल गर्दै फराकिलो जित दिलाए ।

समूह बीमा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा कम्बोडियासँग ४-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको थियो ।

तीन खेल खेलिसकेको नेपालको एक जित र दुई हारबाट ३ अंक मात्र छ ।

एएफसी यु-२० एसियन कपको साविक विजेता समेत रहेको उज्वेकिस्तानको भने यो लगातार दोस्रो जित हो । उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७-० ले पराजित गरेको थियो ।

लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ ।

नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार बहराइनको सामना गर्नेछ ।

एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर यु-२० एसिया कपको छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यु-२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।

यस्तै उपविजेतामध्ये उत्कृष्ट ५ टोलीले पनि एएफसी यु-२० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकको रुपमा सिधै छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...