मुख्य समाचार
लेबनानमा बढ्दो द्वन्द्व कम गर्न अमेरिका र ईयूद्वारा २१ दिने युद्धविरामको प्रस्ताव
लेबनानमा बढ्दो द्वन्द्व कम गर्न अमेरिका र ईयूद्वारा २१ दिने युद्धविरामको प्रस्ताव

इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्काल २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् ।



११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविराम गर्न प्रस्ताव गरेका छन्।

अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनी अहिले असह्य भएको बताएका छन् ।




यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको छ । यो लेबनान र इजरायली जनताको हितमा पनि छैन।

युद्धविरामको यो प्रस्ताव इजरायली सेना प्रमुखले हवाई हमलापछि इजरायलले लेबनानमा रहेको हिजबुल्लाहका लक्ष्यहरूमा भूमिबाट आक्रमणको तयारी गरिरहेको घोषणापछि गरिएको हो।

इजरायलले विगत तीन दिनदेखि लेबनानमा रहेको हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म करिब ५०० जनाको मृत्यु भइसकेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...