मुख्य समाचार
आरबीआई गभर्नरको सुझाव- एआई सामना गर्ने गरी केन्द्रीय बैंकहरूले नयाँ युगको तयारी गर्नुपर्छ
आरबीआई गभर्नरको सुझाव- एआई सामना गर्ने गरी केन्द्रीय बैंकहरूले नयाँ युगको तयारी गर्नुपर्छ

। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरूले २१औं शताब्दीमा जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता, प्रविधि प्रगति र कृत्रिम बौद्धिकता(एआई) जस्ता चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयशम्सेर राणाको स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै यी सबै विषयमा सतर्कता अपनाउन र समयमै उपयुक्त नीति निर्माण गर्न केन्द्रीय बैंकहरू सक्षम हुनुपर्ने बताएका हुन् । यस्तो चुनौतीपूर्ण समयमा केन्द्रीय बैंकहरूले नयाँ युगको तयारी गर्न आवश्यक रहेको उनको तर्क छ ।




केन्द्रीय बैंकहरूले सधैं देशको आर्थिक र वित्तीय स्थायित्वको संरक्षकको भूमिका निर्वाह गरेको दासले बताए । हालका वर्षहरूमा विश्वव्यापी वित्तीय संकट, महामारी र मुद्रास्फीति जस्ता चुनौतीले केन्द्रीय बैंकहरूको भूमिकामा परिवर्तन ल्याएको उनको भनाइ थियो ।

आर्थिक स्थायित्व कायम राख्न नयाँ प्रविधि प्रयोग, मुद्रास्फीतिको लक्ष्य ध्यानमा राख्दै वित्तीय स्थायित्व पनि सुनिश्चित गर्न आवश्यक रहेको आरबीआई गभर्नर दासले बताए ।


भारतका सन्दर्भमा आरबीआईले यस्ता चुनौती सामना गर्दै नीति र उपकरण व्यापक प्रयोग गरी देशलाई आर्थिक रूपमा मजबुत बनाएको उनले बताए ।

मुद्रास्फीति नियन्त्रण र आर्थिक स्थायित्वबीच सन्तुलन कायम गर्दै आरबीआईले भारतको अर्थतन्त्रलाई स्थायित्वमा राख्न सफल भएको उनको भनाइ थियो ।

२१औं शताब्दीका उदीयमान चुनौती सामना गर्दै केन्द्रीय बैंकहरूलाई निरन्तर सुधार र सशक्तीकरणको आवश्यकता भएको उनले बताए । नीतिगत नवप्रवर्तन र सजगता, आर्थिक स्थायित्वका लागि महत्त्वपूर्ण रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले चल्न सही सूचना प्रवाह आवश्यक रहने बताएका छन् । ‘मिडियामा सूचनाको हकको प्रयोग ः अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले शुक्रबार काठमाडौंको तीनकुनेमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री खनालले भने, ‘अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही ...
। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७औं महिना (साउन–माघ) सम्म १५.२६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार माघसम्म पूँजीगत खर्च न्यून हुँदा चालु खर्च भने चुलिएको छ । चालु खर्च लक्ष्यको ४७.६२ प्रतिशत भइसकेको छ । यस वर्ष सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विकास बजेट खर्चको लक्ष्य राखेको ...
— दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ । चीनको चाइना जिओलोजिकल सर्भर्ले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनअनुसार उक्त परिणाममा प्राकृतिक ग्यास देखिएको हो । यसको व्यावसायिक उत्पादनका लागि भने ‘वेल टेस्टिङ’ गर्नुपर्ने विभागले जनाएको छ । यसअघि ११२ अर्ब घनमिटरसम्म ग्यासको भण्डारण हुन सक्ने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको ...
— सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्माण व्यवसायीको पक्षमा जारी अन्तरिम आदेशलाई खारेज गर्दै सर्वोच्च अदालतले जमानत जफतको बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले यसअघि जारी भएको अन्तरिम आदेश निरन्तर नहुने आदेश गरेको हो । यो आदेशले ठेक्का लिने कम्पनी पटेल–रमण जेभीले कार्यसम्पादन जमानत र अग्रिम भुक्तानीबापत राखेको ३ अर्ब ६० करोड ...
— बंगलादेशमा आम चुनावको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता कडा पारिएपछि नेपाल–भारत–भुटानले प्रयोग गर्ने त्रिदेशीय व्यापारिक नाका फूलबारी-बंगलाबन्धबाट हुने व्यापार ठप्प भएको छ । १२ करोड ७० लाख मतदाता रहेको बंगलादेशमा जुलाई–अगस्ट २०२४ को जेन-जी विद्रोहपछि पहिलोपटक संसदीय निर्वाचन बिहीबार हुँदैछ । त्यसको पूर्वसन्ध्यामा भारत–बंगलादेश सीमा ‘सिल’ संगै बंगलादेशसँगको आयात–निर्यात पूर्ण रूपमा प्रभावित भएको हो । नेपाल ...