मुख्य समाचार
इजरायली हमलामा हिजबुल्लाहका मिसाइल कमाण्डरको मृत्यु
इजरायली हमलामा हिजबुल्लाहका मिसाइल कमाण्डरको मृत्यु

हिजबुल्लाहका मिसाइल कमाण्डर इब्राहिम कुबैसीको लेबनानको राजधानी बेरुतमा मंगलबार इजरायली आक्रमणमा परी मृत्यु भएको जनाइएको छ। उनीसँगै अन्य ५ जनाको पनि मृत्यु भएको छ । इजरायलले लेबनानमा विगत ५ दिनदेखि लगातार आक्रमण गरिरहेको छ ।



यसैबीच हिजबुल्लाहले हिजो राति इजरायलका ८ स्थानमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । इजरायलका अनुसार हिजबुल्लाहबाट ५५ रकेट प्रहार गरिएको थियो।

यसअघि सोमबार इजरायली रक्षा बल (आईडीएफ) ले लेबनानमा हिजबुल्लाहका १६ सय स्थानलाई लक्षित गरी हवाई हमला गरेको थियो। १० हजार रकेट ध्वस्त भएको दाबी गरिएको छ । उही समयमा लेबनानको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा हालसम्म ५५८ जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये ९४ जना महिला र ५० बालबालिका रहेका छन् । १८३५ जना घाइते भएका छन्।




अल जजीराका अनुसार सन् २००६ मा इजरायल-लेबनान युद्धपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो हमला हो। २००६ मा एक महिना लामो लडाईमा हजार लेबनानी मानिसहरू मारिएका थिए। हाल, लेबनानमा स्कूल र कलेजहरू बन्द गरिएको छ। मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ।

इजरायलले लेबनानमा सञ्चालित अभियानलाई ‘नर्दर्न एरोज’ नाम दिएको छ । आइडीएफले हिजबुल्लाहले दक्षिणी लेबनानका घरहरूमा मिसाइलहरू लुकाएर राखेको र लगभग एक वर्षदेखि इजरायलमा त्यसले प्रहार गरिएको दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम