मुख्य समाचार
क्यानडाले सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्ने
क्यानडाले सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्ने

। अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो ।


मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप १० प्रतिशतले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा कटौती गरिने जानकारी दिएका हुन् । उनले सामाजिक सन्जाल एक्स (साविकको ट्वीटर)मा लेखेका छन्, ‘हामीले यस वर्ष ३५ प्रतिशत कम अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा जारी गर्दछौं र अर्को वर्ष त्यो संख्या थप १० प्रतिशतले घट्दैछ ।’

उनले आप्रवासी क्यानडाको अर्थतन्त्रका लागि फाइदाजनक भए पनि खराब व्यक्तिहरुले प्रणालीको दुरुपयोग गर्दै विद्यार्थीको रुपमा फाइदा लिने गरेकाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसामा थप कटौती गर्न लागिएको स्पष्ट पारेका छन् ।


क्यानडाले सन् २०२४ का लागि करिब ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मात्र स्टुडेन्ट भिसा जारी गर्ने निर्णय गरेको थियो । क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको थियो ।

विदेशी विद्यार्थीको संख्या उल्लेख्य बढ्दा क्यानडामा आवास, यातायात, रोजगारी लगायतका सेवाहरूमा समस्या देखिएका छन् । त्यसैले क्यानडा सरकारले नीतिगत परिवर्तन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी भिसा कटौती गर्ने क्यानडा सरकारको निर्णयले नेपाली विद्यार्थी समेत प्रभावित हुनेछन् । तर क्यानडा सरकारको यो निर्णयबाट केवल स्नातक तहमा अध्ययन गर्न क्यानडा जान चाहने विद्यार्थीहरु प्रभावित हुने बताइन्छ । तर स्नातकोत्तर र विद्यावारिधी गर्न चाहने विद्यार्थीका लागि भने सीमा लागु नहुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम