मुख्य समाचार
म्यानचेष्टर सिटी र चेल्सी लिग कपको चौथो चरणमा
म्यानचेष्टर सिटी र चेल्सी लिग कपको चौथो चरणमा

। प्रिमियर लिगका क्लबहरू म्यानचेष्टर सिटी र चेल्सी इंग्लिस लिग कपको चौथो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको तेस्रो चरणको खेलमा सिटीले दोस्रो श्रेणीको वाटफोर्डलाई २-१ ले हरायो । अधिकांक दोस्रो रोजाइका खेलाडी खेलाएको सिटीका लागि जेरेमी डोकुले पाँचौ र माथ्युज नुनेनजले ३८औं मिनेटमा गोल गरे । वाटफोर्डका लागि टोनी इन्सले ८६औं मिनेटमा एक गोल फर्काए ।


यस्तै अर्को खेलमा क्रिस्टोफर एनकुन्नकुको ह्याट्रिकमा चेल्सीले चौथो डिभिजनको बारोलाई ५-० ले हरायो ।

एनकुन्कले खेलको आठौं, १५औं र ७५औं मिनेटमा गोल गरे । यस्तै नेटोले ४८औं मिनेटमा गोल गरेका थिए । बारोका पाउल फरम्यानले एक आत्मघाती गोल गरेका थिए ।


यस्तै प्रिमियर लिगकै लेस्टर सिटीले चौथो डिभिजनको वालसाललाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...