मुख्य समाचार
चाडबाडको मुखमा पनि आयातमा छैन उत्साह, निर्यात झनै कमजोर
चाडबाडको मुखमा पनि आयातमा छैन उत्साह, निर्यात झनै कमजोर

। चाडबाडको मुखमा पनि आयात उल्लेख्य नबढेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चाडबाडको मुखमा पनि आयातमा उत्साह देखिएको छैन ।

विभागका अनुसार भदौ २०८१ मा १ खर्ब ३४ अर्ब रुपैयाँको आयात भएको छ । साउनमा १ खर्ब २८ अर्बको आयात भएको थियो । दुई महिनामा कुल आयात २ खर्ब ६२ अर्ब बराबर पुगेको छ । तिज, दशैं, तिहार र छठ लक्षित धेरै सामान आयात भदौ र असोजमा हुने गर्छ ।

भदौमा औसतमात्र आयात हुँदा चाडबाड लक्षित आयात उल्लेख्य बढेको छैन । तर, गत आर्थिक वर्षको तुलनामा भने आयात केही बढेको छ ।

भदौ २०८० मा १ खर्ब ३० अर्ब ५१ करोड ९ लाख २७ हजार रुपैयाँको वस्तु आयात भएकोमा यस वर्ष केही बढी सामान भित्रिएको छ । समग्र आयात समेत यस वर्ष १.०८ प्रतिशतले सुधार भएको देखिन्छ ।


विभागका अनुसार अघिल्लो भदौसम्म २ खर्ब ५९ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको थियो । व्यापारीका अनुसार अहिले निर्माण सामग्रीको तुलनामा उपभोग्य वस्तु आयातमा सुधार भएको छ । खासगरी चीनबाट सहज रूपमा वस्तु आयात हुन थालेसँगै लत्ताकपडा, फलफूल लगायत वस्तु आयात क्रमशः बढ्न थालेको छ ।



यस्तो छ भदौसम्मको आयात

आव २०८०/८१ : २ खर्ब ५९ अर्ब

आव २०८१/८२ : २ खर्ब ६२ अर्ब

परिवर्तन : १.०८ प्रतिशत

निर्यात झनै कमजोर

भदौसम्म वस्तु निर्यात व्यापार झनै खस्किएको छ । भन्सार विभागका अनुसार भदौसम्म २५ अर्ब ९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । यो गत आव यसै अवधिको तुलनामा ५.१२ प्रतिशत कम हो । गत वर्ष भदौसम्म २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

भदौसम्म निर्यात व्यापार

आव २०८०/८१ : २६ अर्ब ४४ करोड

आव २०८१/८२ : २५ अर्ब ९ करोड

समग्र आयातमा भएको सामान्य वृद्धिले कुल वैदेशिक व्यापारको आकार समेत केही बढेको छ । विभागका अनुसार भदौसम्म कुल वैदेशिक व्यापार २ खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँ बराबर भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ०.५० प्रतिशत बढी हो ।

गत आव यसै अवधिसम्म कुल वैदेशिक व्यापार २ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ बराबर थियो । दुई महिनामा व्यापार घाटा २ खर्ब ३७ अर्ब बराबर भएको छ ।

गत वर्ष यसै अवधिमा २ खर्ब ३३ अर्ब व्यापार घाटा थियो । निर्यातको घट्दो गतिले कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा खस्किएको छ । अहिले आयात हिस्सा ९१.२८ प्रतिशत र निर्यात हिस्सा ८.७२ प्रतिशत छ ।



सामान्य घट्यो पेट्रोलियम पदार्थ आयात

मुलुकमा बढ्दो विद्युतीय सवारीसाधन (ईभी) आयात प्रभाव दुई महिनामा इन्धन आयातमा देखिएको छ । यस वर्ष भदौसम्म ४३ अर्ब २५ करोड रुपैयाँ बराबर इन्धन आयात भएको छ । जसबाट सरकारले १६ अर्ब ६५ करोड राजस्व संकलन गर्न सकेको छ ।

गत आव भदौसम्म ४४ अर्ब ६५ करोड बराबर पेट्रोलियम पदार्थ आयात भएको थियो । गत वर्ष यस अवधिमा इन्धनबाट १६ अर्ब रुपैयाँ राजस्व उठेको थियो । यस वर्ष भदौसम्म स्टिल तथा आइरन आयात २१ अर्ब ५४ करोड बराबरको भएको छ ।

गत वर्ष यस्तो वस्तु आयात भदौसम्म २४ अर्ब ६५ करोडको आयात भएको थियो । यसले फलाम सहित निर्माण सामग्री आयात खस्किएको देखिन्छ । भदौसम्म मेसिन, उपकरण र पार्टपुर्जा आयात १९ अर्ब ३९ करोड बराबरको भएको छ ।

विद्युतीय उपकरण र पार्टपुर्जा आयात १८ अर्ब ६७ करोड बराबर भएको छ । सवारीसाधन आयात १६ अर्ब ७४ करोड बराबर भएको देखिन्छ ।

मुलुकगत हेर्दा नेपालले यस महिनासम्म सबैभन्दा धेरै भारतसँग वैदेशिक व्यापार गरेको छ । भारतसँग १ खर्ब ६० अर्ब रुपैयाँको आयात व्यापार भएको छ । निर्यात व्यापार १५ अर्ब ९८ करोड बराबरको भएको छ ।

चीनसँगको व्यापार दोस्रो स्थानमा छ । चीनबाट ५२ अर्ब १० करोड रुपैयाँको आयात भएको छ । चीनमा नेपालबाट भने २९ करोड ७४ लाख रुपैयाँ बराबर सामान निर्यात भएको छ । तेस्रो स्थानमा युक्रेन छ । त्यहाँबाट नेपालमा ४ अर्ब ७१ करोड रुपैयाँ बराबर वस्तु भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व ...
— नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट गरिएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँट गरेको हो । संस्थागत लगानीकर्तालाई परिपत्र विधि ...
— उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी उद्योग–व्यवसाय क्षेत्रसँग सम्बन्धित समसामयिक समस्याहरू र सुझावहरू प्रस्तुत गर्दै तिनको कार्यान्वयनका लागि आग्रह गरेको छ । अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संगठनका निर्वतमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू ...
— नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । चाईनिज जनरल एसोसिएसन अफ इण्डष्ट्रि एन्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्द्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको बताए । प्राकृतिक स्रोत साधन, रणनीतिक ...
। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सरकारको आम्दानी र खर्चबीच डेढ खर्ब रुपैयाँ बराबर खाडल देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा चालु, पूँजीगत र वित्तीय व्यवस्थामा ५ खर्ब ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम