मुख्य समाचार
एएफसी यू-२० एसियन कप छनोट : समीरको ह्याट्रिकमा नेपालले चाइनिज ताइपेईलाई हरायो
एएफसी यू-२० एसियन कप छनोट : समीरको ह्याट्रिकमा नेपालले चाइनिज ताइपेईलाई हरायो

। समीर तामाङको ह्याट्रिक मदतमा नेपालले नेपालले एएफसी यु-२० एसियन कप छनोटमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको छ । समूह बी मा नेपालको यो पहिलो जित हो । नेपालले दुई खेबाट ३ अंक जोडेको छ ।

पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको थियो । न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा समीरले ह्याट्रिक गरेका हुन् ।




समीरले ३२औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै समीरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी टाइममा चाइनिज ताइपेईका याङ चाओ जिङले गोल गर्दै घरेलु टोद्यीलाई खेलमा पर्काउने प्रयास गरेका थिए । तर ८४औं मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो । यस पटक पनि समीरले नै गोल गर्दै ह्याट्रिक पूरा गरे भने नेपालको जित सुनिश्चित गरे ।




प्रतियोगितामा समीरले दुई खेलबाट ४ गोल गरिसकेका छ्न् । उनले यसअघि कम्बोडिया विरुद्ध पराजित भएको खेलमा पनि एक गोल गरेका थिए ।

उज्वेकिस्तानले सोमबारै भएको खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह बी मा उज्वेकिस्तान, बहराइन, नेपाल र कम्बोडियाको समान ३ अंक छ । गोल अन्तरका आधारमा उज्वेकिस्तान समूहको शीर्ष स्थानमा छ भने बहराइन दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ ।

नेपालले समूहको आफ्नो तेस्रो खेलमा बुधबार उज्वेकिस्तानको सामना गर्नेछ । यस्तै नेपालले समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यू२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।

यस्तै उपविजेतामध्ये उत्कृष्ट ५ उपविजेता टोलीले पनि एएफसी यू२० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकको रुपमा सिधै छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...