मुख्य समाचार
भद्रपुरकी बबिताको भारतमा हत्या, हराएकी ८ दिनपछि खुल्यो पहिचान
भद्रपुरकी बबिताको भारतमा हत्या, हराएकी ८ दिनपछि खुल्यो पहिचान

: झापा भद्रपुरकी एक महिलाको भारतमा हत्या भएको छ। भद्रपुर नगरपालिका–६ टेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको हत्या भएको हो।



उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थाना अन्तरगतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकैको केरा बगानमा फेला परेको थियो। उनको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले फेला पारेको थियो। अनुहार किराले खाइसकेकोले पहिचान समेत नखुलेको उनको शव केराको पत्ताले छोपिएको थियो।

केरा बगानमा शव गन्हाएपछि स्थानीयले देखेर त्यहाँका प्रहरीलाई खबर गरेका थिए। घटना असोज २ गतेको हो। घटनास्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्व उत्तर पर्छ। खोराबारी पुलिसले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज पठाएका थिए।




शव पहिचान नखुलेको अवस्थामा घटना भएको ५ दिनपछि ती महिला भद्रपुरकी रहेको भनी खुलेको छ। मृतक बबिता सागसब्जी बिक्री गर्थिन्।

बबिता भदौ ३० गते सीमावर्ती भारतीय बजार सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताए। बबिता केही दिनदेखि हराइरहेको अवस्थामा एक महिलाको शव बोर्डर पारी भारतमा फेला परेको खबर सुनेर उनका परिवारजन तत्काल भारतीय प्रहरीसँग समन्वय गरेका थिए।

परिवारजनले उनले लगाएको कपडाका आधारमा शवको पहिचान गरेका थिए। ‘बबितालाई हत्या गरी केरा बगान लगी शव लुकाएर राखेको हुनुपर्छ,’ उनका जेठाजु जितेनले भने। घटना शंकास्पद भएकाले खोरीबारी पुलिस थानामा गएर चार जनाको नाममा किटानी जाहेरी दिएको उनको भनाइ छ।

चारै जना भारतीय नागरिक हुन। प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिक रहेको उनले बताए। उनीहरूको बबितासँग आर्थिक लेनदेन थियो। नेपाल प्रहरीसँग समन्वय गरी बबिताको शव सोमबार दिउँसो साढे ३ बजे घर ल्याएर दाहसंस्कार गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...