मुख्य समाचार
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री

। अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ ।

अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर नरेशनको लोकेशन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुुगल सर्च वारेन्ट’ पठाएका हुन् ।




अभियोजकतर्फका अधिकारीहरुले गुगलबाट प्राप्त हुने विवरण काफ्ले बेपत्ता प्रकरणमा महत्वपूर्ण प्रमाण साबित हुनसक्ने बताएका छन् ।

‘जियो लोकेसन’सहितको विवरण अनुसन्धानमा महत्वपूर्णमा बन्न सक्छ’, एक अधिकारीले भनेका छन्, ‘सर्च गरेका वेवसाइटहरुबाट पनि केही क्लू हात लाग्न सक्छ ।’




मनसास पार्क प्रहरीले जुलाई २७ देखि अगस्ट २१ सम्मको विवरण मागेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । नरेश पक्षका वकिलले ममता जीवितै रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका थिए ।

त्यसमाथि अदालतमा भएको सुनुवाइका क्रममा अभियोजक पक्षले गुगलसँग विस्तृत विवरण मागिएको जानकारी गराएका थिए । ममता हराएको केही समयपछि नरेशनले आफ्नो टेस्ला कार पनि विक्री गरेका थिए ।

प्रहरीले त्यसको क्यामरा फुटेज र कारबाट पनि जीपीएस लोकेशन डाटा निकाल्ने प्रयास गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुले ममताको हत्या भइसकेको हुनसक्ने आशंका गरेका छन् ।

तर, हालसम्म फेला नपरेकाले नरेशविरुद्ध शरीर लुकाएको अभियोग मात्र लगाइएको छ । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जिवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पु¥याएको छ ।

अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लूस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अध्यारो पारेर हेर्दा निलो रंग देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...