मुख्य समाचार
भारतले ‘लापता लेडिज’लाई अस्करमा पठाउने
भारतले ‘लापता लेडिज’लाई अस्करमा पठाउने

। किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ले यस वर्षको अस्कर अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । द फिल्म फेड्रेसन अफ इण्डियाले यो फिल्मलाई अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको प्रतिस्पर्धामा सिफारिस गरिएको जनाएको छ ।

सरकारले ‘लापता लेडिज’लाई अस्करमा मुलुकको तर्फबाट औपचारिकरुपमा सिफारिस गरेको हो । सिफारिस हुने प्रतिस्पर्धा सूचीमा प्रभासको ‘कल्की’, रणवीर कपुरको ‘एनिमल’, कार्तिक आर्यनको ‘चन्दु च्याम्पियन’, राजकुमार रावको ‘श्रीकान्त’ र विक्की कौशलको ‘सामबहादुर’ पनि थिए ।


राष्ट्रिय फिल्म पुरस्कार जितेको मलायलम फिल्म ‘आतम’ र कान्स फेस्टिभल विजेता ‘अल वी इम्याजिन एज लाइट’सहित २९ फिल्म प्रतिस्पर्धामा थिए ।

नवविवाहित दुलहीहरुको कथावस्तुमा बनेको फिल्म ‘लापता लेडिज’ले पितृसत्तालाई व्यंग्य गर्छ । पूर्वपत्नी रावसँग मिलेर अभिनेता आमिर खानले यो फिल्मको सहनिर्माण गरेका हुन् ।


नेटफ्लिक्समा रिलिज भइसकेको यो फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ । सन् २०१० को फिल्म ‘धोबीघाट’पछि किरण रावको यो अर्को निर्देशकीय फिचर हो । यो फिल्म टोरन्टोमा वर्ल्ड प्रिमियर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...