मुख्य समाचार
सिटीबाट १०० गोल गरेका हालान्डले अझै बनाउन सक्छन् यी कीर्तिमान
सिटीबाट १०० गोल गरेका हालान्डले अझै बनाउन सक्छन् यी कीर्तिमान

। आइतबार राति प्रिमियर लिगमा आर्सनलविरुद्धको खेलमा गोल गर्दै म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले १०० औं गोल पूरा गरे ।

नर्वेजियन स्ट्राइकरले सिटीका लागि १०५ औं खेल खेल्दै १०० गोल पूरा गरेका हुन् । हालान्डले सिटी पुगेको दुई वर्षमै यो उपलब्धी हासिल गरेका हुन् ।




घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलको नवौँ मिनेटमै हालान्डले साभिन्होको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

यस सिजन हालान्ड गज्जबको लयमा देखिएका छन् । उनले लिगको सुरुवाती ५ खेलमै १० गोल गरिसकेका छन् । सन् १९३० मा एस्टन भिल्लाका पोङ्गो वारिङ पछि इंग्लिस शीर्ष डिभिजनमा यो नै उत्कृष्ट सुरुवात हो ।




२४ वर्षका हालान्डले मोल्डे, रेडबुल साल्जवर्ग, बोरुसिया डर्टमण्ड र सिटीका लागि क्लब करियरमा २३५ गोल गरिसकेका छन् । उनले नर्वेको राष्ट्रिय टिमका लागि ३२ गोल गरेका छन् ।

उनले युरोपको शीर्ष पाँच लिगमा सबैभन्दा कम खेलमा १०० गोल पूरा गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान पनि बराबरी गरेका छन् । रोनाल्डोले रियल मड्रिडमा खेल्दा १०५ खेलमै १०० गोल गरेका थिए ।

हालान्डको १०० गोलको तथ्याङ्क

हालाण्ड सन् २०२२ मा ५१ मिलियन पाउण्डमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटीमा अनुबन्ध भएका थिए । सिटी जानुअघि उनले डर्टमण्डमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । जहाँ उनले ८९ खेलमा ८६ गोल गरेका थिए ।

हालान्डले सिटीका लागि खेल्दा ११ फरक क्लब विरुद्ध चार भन्दा बढी गोल गरेका छन् । वल्भ्सविरुद्धको ४ खेलमा उनले ८ गोल गरेका थिए ।यस्तै उनले वेष्टह्याम विरुद्ध ७, म्यानचेष्टर युनाइटेड, आरबी लाइपजिग र लुटोन विरुद्ध ६/६ गोल गरेका छन् ।

डर्टमण्डका लागि गरेको गोल समेत गणना गर्दा उनले लाइपजिगविरुद्ध ८ खेलमा १२ गोल गरेका छन् ।

हालान्डले सिटीका लागि प्रिमियर लिगमा ७१ खेलमा ७३ गोल गरेका छन् । यस्तै च्याम्पियन्स लिगमा २१ खेलमा १८ गोल गरेका छन् ।

एफए कपमा ७ खेलमा ८ तथा लिग कपमा २ खेलमा १ गोल गरेका छन् ।

हालान्डले १०० गोलमध्ये ७३ गोल बायाँ खुट्टाले गरेका छन् भने १४ गोल दायाँ खुट्टाले, १२ गोल हेडमार्फत र एक गोल ब्याक साइडबाट गरेका छन् ।

उनले २० पटक पेनाल्टी प्रहार गर्दा १८ गोल गरेका छन् ।

हालान्डको गोल तुलना

हालान्ड २४ वर्ष ६३ दिनका भए । उनले शीर्ष डिभिजनमा २७१ खेलमा २३५ गोल गरेका छन् ।

यो उमेरमा क्रिस्टियानो रोनाल्डोले स्पोर्टिङ र म्यानचेष्टर युनाइटेडका लागि खेल्दा ३१३ खेलमा ११७ गोल गरेका थिए । लिओनल मेसीले बार्सिलोनाका लागि २७४ खेल खेल्दै १८४ गोल गरेका थिए ।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीका लागि १०० गोल गर्ने हालान्ड चौथो खेलाडी हुन् । यसअघि ग्वार्डिओलाको प्रशिक्षणमा खेलेका मेसीले २११, सर्जियो अग्युरोले १२४ र रहिम स्टर्लिङले १२० गोल गरेका थिए ।

हालान्डको नाममा रहेका कीर्तिमान

हालान्डले प्रिमियर लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाइसकेका छन् । उनले सन् २०२२-२३ को पहिलो सिजनमै सिटीका लागि ३६ गोल गर्दै उक्त कीर्तिमान बनाएका हुन् ।

उनले प्रिमियर लिगमा ४८ खेलमै ५० गोल पूरा गरे । एन्डी कोलको भन्दा १७ खेल कममै हालान्डले उक्त प्रिमियर लिगमा यो उपलब्धी हासिल गरेका हुन् ।

यस्तै प्रिमियर लिग इतिहासमा हालान्डको गोल औसत सबैभन्दा छिटो छ । उनले हरेक ७९ मिनेटमा गोल गर्दै आएका छन् ।

यो सिजनको लिगको सुरुवाती ५ खेलमै १० गोल गरिसकेका छन् । जुन अर्को कीर्तिमान हो ।

हालान्डले सन् २०२२-२३ सिजनमा लिगको सुरुवाती ५ खेलमा ९ गोल गरेका थिए भने गत सिजन ७ गोल गरेका थिए ।

यस्तै हालान्डले च्याम्पियन्स लिगमा पनि उस्तै कीर्तिमान बनाएका छन् । उनले ३५ खेलमै ४० गोल गरेका थिए । यसअघि कीर्तिमान बनाएर रुड भान निस्टोरलयको भन्दा १० खेल कममै हालान्डले उक्त कीर्तिमान बनाएका हुन् ।

हालान्डले ब्रेक गर्न सक्ने कीर्तिमान

हालान्डले हाल पछ्याइरहेको अर्को कीर्तिमान नर्वेका लागि सर्वाधिक गोलकर्ताको हो । उनले राष्ट्रिय टिमका लागि ३२ गोल गरिसकेका छन् ।

उनी सर्वाधिक गोल गर्ने योर्गेन गुज भन्दा १ गोलले मात्र पछि छन् । जुभले १९२८ देखि १९३७ सम्म खेल्दै ३३ गोल गरेका थिए ।

म्यानचेष्टर सिटीका लागि सर्जियो अग्युरोले सर्वाधिक २६० गोल गरेका छन् ।

अहिलेकै शैलीमा हालान्डले गोल गर्दै गएका सिटीमा छैटौं सिजन खेल्दा हालान्डले उक्त कीर्तिमान ब्रेक गर्न सक्छन् ।

यस्तै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान एलान सियररको नाममा छ । हालान्डले त्यो कीर्तिमान पनि तोड्न सक्छन् ।

हालान्डले प्रिमियर लिगमा दुई सिजन खेल्दा दुवै सिजन सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए । पहिलो सिजनमै कीर्तिमानी ३६ गोल गरेका उनले गत सिजन २७ गोल गरेका थिए । यस सिजन ५ खेलमै १० गोल गरिसकेका छन् ।

हालान्डले यही अनुपातमा गोल गर्दै गएमा सन् २०२९-३० सम्म एलान सियररको कीर्तिमान पनि ब्रेक गर्न सक्छन् ।

सन् १९९२ अघिको शीर्ष डिभिजनको फुटबल समेत गणना गर्ने हो भने जिम्मी ग्रिभ्सले ३५७ गोल गरेका छन् । यसलाई पछि पार्न हालान्डले अन्य केही वर्ष समेत सिटीबाट खेल्नुपर्नेछ ।

हालान्डको लागि शीर्ष श्रेणीको फुटबलमा एकै सिजन ६० गोल गर्ने डिक्सी डिनको कीर्तिमान भने तोड्न कठिन हुन सक्छ । सन् १९२७-२८ सिजन डिनले एभरटनका लागि शीर्ष डिभिजनमा ६० गोल गरेका थिए ।

हालान्डको अबको नजर प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल गर्नु हुनेछ । उनी सामु ५२ खेलमा २७ गोल गरेर छिटो १०० गोल गर्ने कीर्तिमान बनाउने अवसर पनि छ ।

यस्तै युरोपियन च्याम्पियन्स लिगमा हाल क्रिस्टियानो रोनाल्डोले सर्वाधिक १४० गोल गरेका छन् । हालान्डले पाँच सिजनमा ३९ खेलमा ४१ च्याम्पियन्स लिग गोल गरिसकेका छन् ।

यही च्याम्पियन्स लिगमा हरेक सिजन ८ गोल गर्दै गएमा हालान्डका लागि रोनाल्डोको कीर्तिमान ब्रेक गर्न १२ सिजन लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...