मुख्य समाचार
पृथ्वीले पाउँदैछ नयाँ चन्द्रमा, २ महिनासम्म गर्नेछ परिक्रमा
पृथ्वीले पाउँदैछ नयाँ चन्द्रमा, २ महिनासम्म गर्नेछ परिक्रमा

हाम्रो पृथ्वीले एउटा नयाँ फुच्चे चन्द्रमा प्राप्त गर्दैछ । तर, अहिलेको चन्द्रमा जस्तै त्यो नयाँ चन्द्रमा लामो समयसम्म रहने छैन ।

वास्तवमा पृथ्वीले प्राप्त गर्ने सो नयाँ फुच्चे चन्द्रमा एउटा क्षुद्रग्रह हो । जसको नाम २०४५ पिटी ५ हो । यो आकासीय पिण्डले आगामी सेप्टेम्बर २९ देखि नोभेम्बर २५ सम्म चन्द्रमाले जस्तै गरी पृथ्वीको परिक्रमा गर्नेछ ।


खगोलविदका अनुसार पृथ्वीको गुरुत्वाकर्षण बलले सो क्षुद्रग्रहलाई तान्नेछ र त्यसले पृथ्वीको कक्षमा परिक्रमा गर्न थाल्नेछ ।

पृथ्वीको परिक्रमापछि उक्त पिण्ड सूर्यको वरिपरि रहेको कक्ष अर्थात् हेलियोसेन्ट्रिक अर्बिटमा जानेछ।


उक्त क्षणिक चन्द्रमा र त्यसले भ्रमण गर्ने अर्ध गोलाकार कक्षका विषयमा Research Notes of the American Astronomical Society मा विस्तृतमा रिपोर्ट प्रकाशित भएको छ ।

खगोलविद्हरुले यो खगोलीय पिण्डलाई पहिलोपटक गत अगष्ट ७ मा देखेका थिए । दक्षिण अफ्रिकास्थित नासाको वेद्यशालामा रहेको प्रणालीले सो उक्त क्षुद्रग्रह पत्ता लगाएको हो ।

सो क्षुद्रग्रहको व्यास १६ देखि १३८ फिट सम्म रहेको अनुमान गरिएको भए पनि त्यसको आकार यकिन गर्न थप अवलोकन र तथ्यांक आवश्यक पर्ने शोधकर्ता फुएन्टे मार्कोसको भनाइ छ ।

यसअघि सन् २०१३ मा रुसको चेलियाबिन्स्कस्थित आकाशमा प्रवेश गरेको क्षुद्रग्रहभन्दा यसपटक पृथ्वीको कक्षमा प्रवेश गर्ने क्षुद्रग्रहणको आकार ठूलो रहेको बताइएको छ । सन् २०१३ मा देखा परेको क्षुद्रग्रहको ब्यास ५५ देखि ६५ फिटसम्म थियो ।

उक्त क्षुद्रग्रह वायुमण्डलमा विस्फोट हुँदा विशाल ऊर्जा उत्पन्न भएको थियो, जुन हिरोसिमामा खसालिएको अणुबमभन्दा २० देखि ३० गुणा धेरै हो । साथै त्यसबाट उत्पन्न चमक सूर्यको प्रकाशभन्दा पनि धेरै थियो । उक्त क्षुद्रग्रहको विस्फोटबाट पृथ्वीमा खसेका टुक्राहरुले ७ हजारभन्दा धेरै भवनहरुमा क्षति पुर्‍याउनुका साथै एक हजारभन्दा धेरै घाइते भएका थिए ।

तथापि अहिलेको २०२४ पिटी ५ क्षुद्रग्रह चाहिं पृथ्वीको कक्षमा चन्द्रमा जस्तै गरी घुम्नेछ र यो तत्काल तथा आगामी दशकौंसम्म पनि पृथ्वीसँग ठोक्किने खतरा नरहेको शोधकर्ता मार्कोस बताउँछन् । यो पिण्डले २६लाख माइल टाढाबाट पृथ्वीको परिक्रमा गर्नेछ, जुन पृथ्वी र चन्द्रमाको दूरीभन्दा १० गुणा धेरै हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो । एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ । एचआरएएनएका अनुसार मृत्यु हुनेमा कम्तीमा २१० बालबालिका सहित १ ...
। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम