मुख्य समाचार
प्रिमियर लिगमा म्यानचेष्टर सिटीले दश खेलाडी समेटिएको आर्सनलसँग २-२ को बराबरी
प्रिमियर लिगमा म्यानचेष्टर सिटीले दश खेलाडी समेटिएको आर्सनलसँग २-२ को बराबरी

। जोन स्टोन्सले इन्जुरी टाइममा गोल गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले दश खेलाडी समेटिएको आर्सनलसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले सुरुवाती अग्रता लिएपनि आर्सनलले लगातार दुई गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, सिटीका स्टोन्सले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गर्दै हार टारेका थिए ।




खेलको नवौं मिनेटमै एर्लिङ हालान्डले साभिन्होको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीका लागि हालान्डको त्यो एक सयौँ गोल हो । तर, २२औं मिनेटमा रिकार्डो कालाफियोरीले आर्सनलका लागि बराबरी गोल गरे । उनले गाब्रीएल मार्टिनेलीको पासमा उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा गाब्रीएल मागालहाएसले गोल गर्दै आर्सनललाई पहिलो पटक अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा आर्सनलका लियोन्ड्रो ट्रोसार्ड रातो कार्ड (दोहोरो पहेंलो कार्ड) पाउँद मैदान बाहिरिएपछि दोस्रो हाफभर आर्सनल दश खेलाडीमा समेटियो ।




एक खेलाडी कम भएपनि आर्सनलले सिटीलाई निर्धारित समयमा गोल गर्न दिएन । तर खेलको इन्जुरी टाइमको आठौं मिनेटमा जोन स्टोन्सले गोल गरेपछि सिटीले हार टारेको हो ।

बराबरीपछि सिटीको जित यात्रामा ब्रेक लागेको छ । यद्यपि ५ खेलबाट १३ अंक जोडेको सिटी अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...