मुख्य समाचार
प्रिमियर लिगमा म्यानचेष्टर सिटीले दश खेलाडी समेटिएको आर्सनलसँग २-२ को बराबरी
प्रिमियर लिगमा म्यानचेष्टर सिटीले दश खेलाडी समेटिएको आर्सनलसँग २-२ को बराबरी

। जोन स्टोन्सले इन्जुरी टाइममा गोल गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले दश खेलाडी समेटिएको आर्सनलसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले सुरुवाती अग्रता लिएपनि आर्सनलले लगातार दुई गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, सिटीका स्टोन्सले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गर्दै हार टारेका थिए ।




खेलको नवौं मिनेटमै एर्लिङ हालान्डले साभिन्होको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीका लागि हालान्डको त्यो एक सयौँ गोल हो । तर, २२औं मिनेटमा रिकार्डो कालाफियोरीले आर्सनलका लागि बराबरी गोल गरे । उनले गाब्रीएल मार्टिनेलीको पासमा उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा गाब्रीएल मागालहाएसले गोल गर्दै आर्सनललाई पहिलो पटक अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा आर्सनलका लियोन्ड्रो ट्रोसार्ड रातो कार्ड (दोहोरो पहेंलो कार्ड) पाउँद मैदान बाहिरिएपछि दोस्रो हाफभर आर्सनल दश खेलाडीमा समेटियो ।




एक खेलाडी कम भएपनि आर्सनलले सिटीलाई निर्धारित समयमा गोल गर्न दिएन । तर खेलको इन्जुरी टाइमको आठौं मिनेटमा जोन स्टोन्सले गोल गरेपछि सिटीले हार टारेको हो ।

बराबरीपछि सिटीको जित यात्रामा ब्रेक लागेको छ । यद्यपि ५ खेलबाट १३ अंक जोडेको सिटी अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...