मुख्य समाचार
लेवान्डोस्की र राफिन्हाको २ गोलमा बार्सिलोनाको सहज जित
लेवान्डोस्की र राफिन्हाको २ गोलमा बार्सिलोनाको सहज जित

। रोवर्ट लेवान्डोस्की र राफिन्हाले दुई/दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा भियारियाललाई ५-१ ले पराजित गरेको छ ।

पेनाल्टीमा गोल गर्न चुक्दा लेवान्डोस्की ह्याट्रिक गर्नबाट भने चुके । ला लिगामा बार्सिलोनाको यो लगातार छैटौं जित हो ।


भियारियालको मैदानमा भएको खेलमा लेवान्डोस्कीले खेलको २०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

३८औं मिनेटमा भियारियालका आयोज पेरेजले गोल गर्द गोल अन्तर कम गर्ने प्रयसा गरेका थिए । तर, दोस्रो हाफमा बार्सिलोनाले तीन गोल थप्यो । ५८औं मिनेटमा पाउ टोरेसले गोल गरेपछि बार्सिलोनाले ३-१ को अग्रता बनायो । त्यसपछि राफिन्हाले ७४औं र ८३औं मिनेटमा गोल गरे ।


लेवान्डोस्कीले ६७औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

लगातार छैटौं जितपछि बार्सिलोना ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा आसिन छ । भियारियल समान खेलबाट ११ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...