मुख्य समाचार
‘शाम्बाला’ आधिकारिकरुपमा अस्कर अवार्डमा सिफारिस
‘शाम्बाला’ आधिकारिकरुपमा अस्कर अवार्डमा सिफारिस

। ‘शाम्बाला’ अधिकारिकरुपमै नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको छ । अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो ।

आवेदन दिनको लागि जारी गरिएको समयभित्र ‘शाम्बाला’ले मात्र आवेदन दिएको र अस्करका सबै मापदण्ड यो फिल्मबाट पुग्ने जनाइएको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘यो फिल्म एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम अब्बल दर्जाको सिर्जना रहेकोमा प्राविधिक पक्ष, कथ्य प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण प्रस्तुति तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गरि अवार्डका लागि शाम्बालालाई छनोट गरिएको छ ।’

९७ औं अस्कर अवार्ड आगामी मार्च ३, २०२५ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ । मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ अहिले नेपाली हलमा प्रदर्शन भैरहेको छ ।




फिल्मले पहिलो साता डेढकरोड हाराहारीमा ग्रस कलेक्सन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...