मुख्य समाचार
घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध अग्रता
घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध अग्रता

। घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध अग्रता लिएकोछ । तेस्रो दिनको खेल सकिदा श्रीलंका दोस्रो इनिङमा २३७–४ को अवस्थामाछ ।

पहिलो इनिङमा ३५ रनले पछि परेको श्रीलंकाले दोस्रो इनिङमा राम्रो ब्याटिङ गरेपछि समग्र खेलमा २०२ रनको अग्रता लिएको हो । श्रीलंकाका दिमुथ करुणारत्नेले १२७ बलमा ६ चौकासहित ८३ तथा दिनेश चान्डिमलले १५० बलमा ६ चौकासहित ६१ रन जोडे ।


ओपनर पाथुम निसांकालाई २ रनमा गुमाएपनि दोस्रो विकेटलाई चान्डिमल र करुणारत्नेले १४७ रनको साझेदारी गरेका थिए । श्रीलंकाका एन्जिलो म्याथ्युज र धनन्जय डि सिल्भा ३४–३४ रनमा नट आउट छन् । न्युजिल्यान्डका विलियम ओरुकले तीन विकेट लिए ।

त्यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३४० रनमा अल आउट भयो । तेस्रो दिन २५५–४ को मजबुत अवस्थाबाट सुरु गरेपनि न्युजिल्यान्डले राम्रो प्रदर्शन गर्न सकेन ।


न्युजिल्यान्डका टम लाथमले ७०, केन विलियम्सनले ५५, डर्याल मिचेल ५७, रचिन रविन्द्र ३९ र ग्लेन फिलिप्सले ४९ रन बनाए । श्रीलंकाका स्पिनर प्रभाथ जयसूर्याले ४, रमेश मेन्डिसले ३ र धनन्जय डि सिल्भाले २ विकेट लिए ।

गाले रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङमा ३०५ रनमा अल आउट भएको थियो । श्रीलंका कामिन्दु मेन्डिसले सर्वाधिक ११४ रन बनाएका थिए । न्युजिल्यान्डका विलियम ओरुकले ५ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...