मुख्य समाचार
अमिशा र चन्द्रको ह्याट्रिकमा आर्मीको चन्द्रपुरमाथि फराकिलो जित
अमिशा र चन्द्रको ह्याट्रिकमा आर्मीको चन्द्रपुरमाथि फराकिलो जित

। एन्फा महिला लिगमा त्रिभुवन आर्मीकी अमिशा कार्की र चन्द्रा भण्डारीको ह्याट्रिकमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०–० को फराकिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा, खेलको सुरुवाती मिनेटमा नै चन्द्रा भण्डारीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी हुन् ।




खेलको २७ औं मिनेटमा अमिशा कार्कीले गोल गरिन् । ३२ औं मिनेटमा हिमा चौधरीको गोल रह्यो । ४० औं मिनेटमा अमिशाको पासमा चन्द्रा भण्डारीले व्याक्तिगत दोस्रो गोल गरिन् । खेलको ४२ औं मिनेटमा अमिशाले पनि आफ्नो व्याक्तिगत दोस्रो र आर्मीको लागि पाँचौं गोल गरिन् ।

पहिलो हाफमा ५–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पुन ५ गोल थप्यो ।




खेलको ५१ औं मिनेटमा चन्द्रपुरकी गोलकिपरले बल रोक्दा पेनाल्टी बक्स भित्र भएको फाउलमा आर्मीले पेनाल्टी पायो । पेनाल्टीमा दिपा शाहीले सहज गोल गरिन् । त्यस्तै खेलको ६७ औं मिनेटमा पेनाल्टी बक्स भित्र चन्द्रपुरकी सलोनी राना मगरको ह्यान्डबल रहँदा पुन आर्मीले पेनाल्टी पायो । पेनाल्टीका लागि आर्मीकी गोलकिपर अन्जना राना मगरले पेनाल्टीमा गोल गरिन् ।

पुन अमिशा कार्कीले एक मिनेट पश्चात अर्थात खेलको ६८ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् ।

त्यसपश्चातको १५ मिनेट भने चन्द्रपुरले आर्मीलाई रोकिरह्यो । खेलको ८४ औं मिनेटमा गोल गर्दै चन्द्रा भण्डारीले पनि आफ्नो ह्याट्रिक पूरा गरिन् । यो आर्मीको लागि भने नवौं गोल थियो ।

त्यसको १ मिनेट पश्चात सर्मिला थापा मगरले गोल गर्दै आर्मीको १० गोल पूरा गरिन् । चन्द्रपुरको भने सबैभन्दा बलियो मानिएको डिफेन्सिफ क्षेत्र नै आज कमजोर देखियो ।

आर्मीको आजको फराकिलो १६ अंक सहित दोस्रो स्थानमा नै रहनेछ । आर्मीले ७ खेल खेलिसक्दा ५ जित, १ हार र १ बराबरी खेलेको छ ।

त्यस्तै, चन्द्रपुरको भने यो दोस्रो हार हो । ७ खेल खेलिसक्दा ४ बराबरी खेलेको चन्द्रपुरले १ मात्र जित हात पारेको छ । चन्द्रपुर हाल ७ अंक सहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

आजको पहिलो खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई ८–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...