मुख्य समाचार
‘बलिदान’बारे हरिवंश : ‘कम्युनिस्ट सरकारले फिल्म बनाएको भनेर हल्ला चलाइयो’
‘बलिदान’बारे हरिवंश : ‘कम्युनिस्ट सरकारले फिल्म बनाएको भनेर हल्ला चलाइयो’

। अभिनेता हरिवंश आचार्यले आफू अभिनित फिल्म ‘बलिदान’ देशका लागि सुन्दर उपहार भएको बताएका छन् । चलचित्र विकास बोर्डले प्रदान गरेको सांस्कृतिक रुपान्तरण पुरस्कार-२०८१ ग्रहण गर्दै उनले यो फिल्मलाई लिएर त्यतिबेला कम्युनिस्ट सरकारले फिल्म बनाएको भन्ने हल्ला चलेको बताए ।

‘त्यतिबेला यो फिल्मले पैसा कमाएन । निर्माता पनि आर्थिक रुपमा घाइते हुनुभो । तर यो फिल्म देशका लागि उपहार हो’ हरिवंशले भने, ‘यसमा निर्माताको योगदान खेर जाँदैन ।’


फिल्ममा समावेश संवाद भविष्यवाणी जस्तै रहेको उनको भनाइ छ । ‘हामीले बलिदानमा राखेका संवाद अहिले सुन्दा भविष्यवाणी जस्तै लाग्छ । ती डायलगअनुसार नेताले काम गरेको भए, यो स्थिति हुने थिएन ।’

‘देश अहिले पनि सम्मानित हुनसकेको छैन । हामी मात्र सम्मानित भएर भएन, संविधान र देश पनि सम्मानित हुनुपर्‍यो’ हरिवंशले भने । सरकार पनि फिल्म जस्तै रहेको भन्दै हरिवंशले कटाक्ष गरे ।


‘सरकार पनि चलचित्र जस्तो हो कि जस्तो लाग्छ । जनताले स्थायित्व र समृद्धि खोजेका छन् । सरकार बदलिएको बदलियै छ’ उनले भने, ‘अब राजनीतिले होइन, समृद्धिले जनता पाल्नुपर्छ ।’ अहिले चर्चामा रहेजस्तो संविधान पुनरावलोकनको कुरा पनि हरिवंशले गरे । ‘संविधान यसरी संशोधन हुनुपर्छ जहाँ सबै जातजाति र भाषाभाषीका नागरिकले शिर उँचो पार्न सकुन्’ उनले भने ।

आफू अभिनित फिल्म ‘बलिदान’बाट हरिवंशले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका हुन् । चलचित्र विकास बोर्डले संविधान दिवसको अवसरमा शुक्रबार बिहान सांस्कृतिक रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गरेको छ । कुनैबेलाको लोकप्रिय फिल्म ‘बलिदान’का निर्माता, निर्देशक, अभिनेता र संगीतकारलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...